News Category 2079/07/04
९९ लाखको अबैध समान बरामद
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरी प्रहरीले तीन महिनाको अवधीमा ९९ लाख बराबरको अवैध सामानहरु बरामद गरेको छ ।
प्रहरीले चालु आ.ब.को तीन महिनाको अवधीमा ९९ लाख ३४ हजार ३ सय ८३ रुपैया मुल्य बराबरको भन्सार छलीका विभिन्न समान बरामद गरेको हो ।
प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार गत आ.ब.२०७८÷०७९ मा २ करोड ६२ लाख ७५ हजार ८ सय ८९ रुपैया बराबरको अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाइएकोमा चालु आ.ब.०७९÷०८० को श्रावण, भदौ, असोज गरी ३ महिना मै ९९ लाख ३४ हजार ३ सय ८३ रुपैया बराबरको भन्सार छलीका अवैध सरसमान बरामद गरिएको छ ।
खुल्ला सीमा नाकाको प्रयोग गर्दै तस्करहरुले भारतीय बजारबाट नेपाली वजारमा चोरी पैठारी गर्दै मालसमानहरु भित्र्याइरहेको सूचनापछी चेक जाँचमा कडाई र निगरानी बढाइएको प्रहरी उपरिक्षक काफ्लेको भनाई छ ।
भन्सार छलेर ल्याइएको सरसमानमा सबभन्दा बढी किराना, पान मसाला, लताकपडा र इलोक्ट्रोनिकका सरमासनहरु रहने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै तीन महिना कै अवधीमा अवैध सरसमान ओसार पोसारमा प्रयोग गरिएका तथा भन्सार नकाटी संचालन गरिएका ठूलो संख्यामा सवारी साधन समेत जफत गरी भन्सार चलान गरिएको छ ।
तीन महिनाको अवधीमा यसरी जफत गरीएका सवारी साधनहरुमा सव भन्दा बढी ७६ वटा मोटरसाईकल छन । यस्तै टेम्पो अटो ३, पिकअप भ्यान र सिटी रिक्शाा २÷२ र १÷१ वटा कार तथा ट्रक समेत नियन्त्रणमा लिई भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले बुधबार मात्रै भन्सार छली ल्याइएका १ लाख भन्दा बढीको सरसमान पक्राउ गरी भन्सार कार्यालय बुझाएको थियो । प्रहरीले विहीवार पनि ८९ हजार ८ सय ५० रुपैया भन्दा बढीको अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं सुचना अधिकारी नरेश कुमार सिंहका अनुसार भन्सार छलेर भारतबाट ल्याइएका ८९ हजार ८ सय ५० रुपैया भन्दा बढीको किराना, लताकपडा तथा भाडा वर्तन लगायतका अवैध सरसमान राजविराज नगरपालिका ८ स्थित सडक खण्डमा चेकजाँचको क्रममा वरामद गरिएको हो ।
प्रहरीले यस अघि बुधवार पनि छिन्नमस्ता गाउँपालिका क्षेत्रबाट ५८ हजार २ सय ३६ तथा मंगलवार १ लाख भन्दा बढीको भन्सार छलेर ल्याइएका अवैध सरसमान जफत गरी भन्सार कार्यालयमा बुझाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ