News Category 2079/07/06
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट समानुपातिमा मधेश प्रदेशसभा सदस्यका लागि नाम सिफारिस भएकी पुनम यादवसहित दर्जनौं नेता आइतबार जसपामा प्रवेश गरेका छन् । लोसपाका केन्द्रिय सदस्य समेत रहेकी पुनम यादवको पार्टीले समानुपातिक सूचीमा १४औं नम्बरमा नाम सिफारिस गरेको छ ।
राजविराजमा आइतबार आयोजित एक कार्यक्रमका बीच लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पुर्व अध्यक्ष विनोद कुमार यादव, अमरकान्त झा लगायत नेताहरु जसपामा प्रवेश गरेका हुन् ।
यसैगरी सप्तरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर दास, नेकपा एसका प्रदेश सचिवालय सदस्य अरुण देव लगायतका नेताहरु पनि जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिएका छन् ।
नव प्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका प्रवक्ता मनिष सुमन लगायतले स्वागत गरे ।
मधेश केन्द्रित शक्तिहरुसँग चुनावी तालमेल नगरी केही नेताहरुले व्यक्तिगत स्वार्थका कारण प्रलोभनमा परि थोरै सीटमा सम्झौता गरेर पार्टीलाई नै सिध्याउने काम गरेको नवप्रवेशीहरुको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ