News Category 2079/07/11
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
अन्तराष्ट्रिय चेस प्रतियोगितामा स्वर्ण पदक बिजेता सिंघेश्वर दासलाई नेपाल खेलकुद पत्रकार मञ्च सप्तरीले शुक्रबार सम्मान गरेको छ ।
बंगलादेशको ढाकामा सम्पन्न भएको शेख रसेल कपका स्वर्ण पदक बिजेता ५७ वर्षिय दास राजविराज ३ निवासी हुन् । राजविराजमा मञ्चका अध्यक्ष मनोज कुमार माझीले उनलाई कदरपत्र र खादाबाट सम्मान गरेका हुन् ।
मुलुकका साथै जिल्लाकै नाम अन्तराष्ट्रिय स्तरमा चिनाएकाले दासलाई सम्मान गरिएको बताइएको छ । मञ्चका अध्यक्ष माझीले सम्मान गर्दै दासले प्राप्त गरेको पदकले जिल्लाको समेत नाम उच्च भएको बताउँदै आगामी दिनमा आफ्नो कलाकौशल, क्षमता र मिहिनेतले दासलाई थप स्वर्ण पदक ल्याउन सफलता मिलोस् भनी शुभकामना दिए ।
कात्तिक ४ गते सम्पन्न प्रतियोगितामा स्वर्ण पदकसहित उनले नगद ५१ हजार पुरस्कार राशी हात पारेका थिए । प्रतियोगितामा भुटान, श्रीलंका, बंगलादेश, मालदिभ्स, पाकिस्तान र नेपालका गरि ६ राष्ट्रका खेलाडी सहभागि थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ