News Category 2079/07/15
सशस्त्र असई हत्या घटनामा एसपी खड्कामाथि विभागीय कारबाहीको सिफारिस
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ ।
घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याउँदै एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ ।
सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस समेत भएको हो । गत २० असोजमा असइ यादव मृत अवस्थामा भेटिएका थिए । सप्तरीमै कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ । दुवैजनाले मदिरा पिएको र विवाद हुँदा आवेगमा हत्या भएको अनुसन्धानको निष्कर्ष छ । जवान खड्का प्रहरी हिरासतमा छन् ।
हत्यापछि जवानले असइको शव खोलामा बगाइदिएका थिए । बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो ।
हत्यामा संलग्न जवान खत्रीमाथि पटक–पटक विभागीय कारबाही भए पनि हवल्दारबाट उनी जवानमा घटुवा भएका थिए । तर घटुवा भए पनि उनी सीमा क्षेत्रमै कार्यरत थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ