News Category 2079/07/15
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
लामो समय देखि जिर्ण अवस्थामा रहेको सडकको जिर्णोद्वार गर्न माग गर्दै पुनः मंगलवार राजविराजमा युवाहरुले सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका छन् ।
राजविराजस्थित नेता चौकमा भेला भएका स्थानीय युवाहरुले सिरहा रोडको नेता चौकदेखि राममन्दिर सम्मको सडक जिर्णोद्वारको माग गर्दै सडक अवरुद्ध गरी प्रर्दशन गरेका हुन ।
स्थानीय प्रशासनले उक्त सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्शनका प्रतिनीधीलाई झिकाई अविलम्ब काम सुचारु गराउने प्रतिबद्धता जनाएपछी २ घण्टा पश्चात् चक्काजाम स्थगित गरिएको थियो ।
नगरको मुख्य बजार क्षेत्रमा रहेको उक्त सडक वर्षौदेखि जीर्ण रहेको र यस तर्फ पटक÷पटक नगरका जनप्रतिनीधी, सम्बन्धित निर्माण कम्पनी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएकाले बाध्यभई चक्काजाममा उत्रिनु परेको स्थानीय युवाहरुले बताएका छन् ।
यस अघि गत भदौ २५ गते पनि युवाहरुले सो सडक खण्डको मरमत सम्भारको माग गर्दै ३ घण्टा चक्काजाम गरेका थिए । प्रर्दशनकारीहरुले यस पल्ट पनि आश्वासन पुरा नभए अनिश्चितकालिन चक्काजाम गर्ने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ