News Category 2079/07/15
जीर्ण सडक जिर्णोदारको माग गर्दै पुनः प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
लामो समय देखि जिर्ण अवस्थामा रहेको सडकको जिर्णोद्वार गर्न माग गर्दै पुनः मंगलवार राजविराजमा युवाहरुले सडक अवरुद्ध गर्दै प्रर्दशन गरेका छन् ।
राजविराजस्थित नेता चौकमा भेला भएका स्थानीय युवाहरुले सिरहा रोडको नेता चौकदेखि राममन्दिर सम्मको सडक जिर्णोद्वारको माग गर्दै सडक अवरुद्ध गरी प्रर्दशन गरेका हुन ।
स्थानीय प्रशासनले उक्त सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्शनका प्रतिनीधीलाई झिकाई अविलम्ब काम सुचारु गराउने प्रतिबद्धता जनाएपछी २ घण्टा पश्चात् चक्काजाम स्थगित गरिएको थियो ।
नगरको मुख्य बजार क्षेत्रमा रहेको उक्त सडक वर्षौदेखि जीर्ण रहेको र यस तर्फ पटक÷पटक नगरका जनप्रतिनीधी, सम्बन्धित निर्माण कम्पनी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएकाले बाध्यभई चक्काजाममा उत्रिनु परेको स्थानीय युवाहरुले बताएका छन् ।
यस अघि गत भदौ २५ गते पनि युवाहरुले सो सडक खण्डको मरमत सम्भारको माग गर्दै ३ घण्टा चक्काजाम गरेका थिए । प्रर्दशनकारीहरुले यस पल्ट पनि आश्वासन पुरा नभए अनिश्चितकालिन चक्काजाम गर्ने चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ