News Category 2079/07/18
सहमतिपछि साह दम्पत्तिले तोडे अनसन
दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक ।
अदालतको आदेश कार्यान्वयन तथा न्याय सम्पादन कार्य छिटो छरितो गर्न माग गर्दै दुई दिनदेखी आमरण अनसनमा बसेका साह दम्पत्तिले शुक्रबार अनसन तोडेका छन् ।
सप्तरी जिल्ला अदालतबाट अंश मुद्दामा भएको फैसला कार्यान्वयन हुन नपाउँदै विपक्षि सहोदर दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलाशमा रिट निवेदन दिई न्याय प्रक्रिया लम्ब्याउन खोजेको र आफूहरुलाई अनावश्यक दुःख दिएको भन्दै दुई दिनदेखी अदालतकै अगाडी आमरण अनसनमा बसेका राजविराज ४ निवासी दिनेश प्रसाद साह र उनका पत्नि गौरीले शुक्रबार अनसन तोडेका हुन् ।
उच्च अदालत जनकपुर राजविराज इजलाशका शाखा अधिकृत लक्ष्मिकान्त झाले उनीहरुलाई जुस खुवाएर अनसन तोडाएका हुन् । न्यायधिश र सम्बद्ध फाँटका कर्मचारीहरुको बैठकपछि आगामी बिहीबार उक्त मुद्दाको टुङ्गो लगाउने आश्वासन पाएपछि अनसन तोडिएको साह दम्पत्तिले बताएका छन् ।
सो अवसरमा शाखा अधिकृत झाले आवश्यक प्रक्रिया पुरा गरि साह दम्पत्तिको मुद्दा प्राथमिकताका साथ हेरिने र छिट्टै न्याय निरुपन गर्ने सहमति भएकाले आमरन अनसन जस्तो कठोर आन्दोलनको आवश्यकता नरहेको प्रक्रिया दिए ।
अंश मुद्दामा लामो समयदेखी न्याय नपाएको भन्दै साह दम्पत्ति उच्च अदालत जनकपुर राजविराज इजलास अगाडी अनसनमा बसेका थिए ।
सप्तरी जिल्ला अदालतबाट वादी दिनेश प्रसाद साह बिरुद्ध उनका दाजु उमेश प्रसाद साह भएको २०६३ सालकोे अंश मुद्दामा २०६४ साल मंसिर २५ गते दुबै दाजु भाईलाई ४÷४ धुर जग्गा हुने गरि फैसला भएपनि सो फैसला अझै कार्यान्वयन हुन नसकेको साह दम्पत्तिको भनाई छ ।
जिल्ला अदालतले गरेको पैmसला विरुद्ध उनका दाजु उमेश प्रसाद साहले उच्च अदालत जनकपुर राजविराज इजलासमा रिट निवेदन दिए पछी पैmसला कार्यान्वयन प्रक्रिया लम्बीएको हो ।
यस अघि गत असोज ६ गते पहिलो पटक अनसनमा बसेका साह दम्पत्तिलाई उच्च अदालतका न्यायाधिशहरुले आउँदो असोज २७ गते हुने पेशीमा न्याय पाउने विश्वास दिलाएपछि सोही दिन साँझ अनसन तोडिएको थियो । तर आश्वासन अनुसार अदालतबाट न्यायनिरुपन प्रक्रिया अघि नबढेको भन्दै साह दम्पत्ति पुनः दोश्रो पल्ट अनसनमा बसेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ