News Category 2079/07/20
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले आइतबार आयोजना गरेको जिल्ला स्तरिय अभिमूखीकरण कार्यक्रममा जिल्लामा आचार संहिताको व्यापक उल्लघंन भइरहेकोप्रति चिन्ता व्यक्त गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले तीन–तीन पटक सर्वदलिय बैठक राखेर ध्यानाकर्षण गराउँदा पनि आचार संहिताको उल्लघंन हुन नछाडेको प्रति दललगायत उम्मेदवारहरु गम्भिर हुनुपर्ने बताएका छन् ।
यसअघि तीन पटक आचार संहिता पालना बारे छलफल राखिसकिएको बताएका उनले आचार संहिता पालनाका बारेमा सरोकारवालाहरुलाई राखेर छलफल गर्ने जानकारी दिएका छन् ।
निर्वाचन स्वच्छ, मर्यादित, भयरहित तथा शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि आचार संहिताको पालना पनि प्रमुख आवश्यकता रहेको बताउँदै उनले अझै पनि यसको उल्लघंन भइरहेको स्वीकार गरेका छन् ।
निर्वाचनमा सुरक्षाका लागि सप्तरीसित सीमाना जोडिएको भारतका जिल्ला सुपौल र मधुवनीस्थित डिस्ट्रिक्ट मजिस्ट्रेट र एसपी समक्ष बारम्बार कुरा भइरहेको जानकारी दिँदै उनले निर्वाचन आचार संहिता पालना गरि निर्वाचन सफलताका साथ सम्पन्न गर्नका लागि सहयोगको आग्रह पनि गरे ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले निर्वाचनको आचार संहिता उल्लंघन गर्नेलाई ध्यानाकर्षण गराउने, स्पष्टिकरण सोध्ने र केही सीप नलागे उम्मेदवारी नै रद्दको प्रावधान समेत रहेको जानकारी दिए । उनले संचारकर्मीले समेत निर्वाचन आचार संहिता पालना गर्नु आवश्यक रहेको भन्दै यसबाट सफलताका साथ निर्वाचन सम्पन्न गर्नमा मद्दत पुग्ने बताए ।
कार्यक्रममा स्थानिय संचारकर्मीहरुले निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग भइरहेको, सामाजिक संजालमा एक पक्षले अर्को पक्षलाई अमर्यादित रुपमा टिकाटिप्पणी गर्ने गरेको, सार्वजनिक स्थलमा निर्वाचन प्रचार सामाग्रि टास्ने काम भएको, तोकिएको भन्दा ठूलो आकारमा तुल, ब्यानरको प्रयोग गरिएको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
- 2082/04/11 चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
- 2082/04/11 आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी
- 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
- 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
- 2082/04/10 तपेश्वरीमा पहिलो पटक मिनि महोत्सव हुँदै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ