News Category 2079/07/23
आचारसंहिता विपरीत झुण्ड्याइएका प्रचार सामग्रि प्रहरीद्वारा हटाइयो
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो प्रचार प्रसारका निम्ति झुण्ड्याएका प्रचार प्रसार सामाग्रि बुधबार प्रहरीले हटाएको छ ।
निर्वाचन आचारसंहिता विपरीत ती प्रचार प्रसार सामग्रि राजविराज नगरसहित जिल्लाको विभिन्न बजार तथा सार्वजनिक स्थलमा झुण्ड्याएको भन्दै प्रहरीले हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले नगर क्षेत्रको सार्वजनिक स्थलहरुमा आचारसंहिता विपरीत झुण्ड्याइएको विभिन्न उम्मेदवारको तुल, ब्यानर, पोष्टर, झण्डालगायतका प्रचार सामाग्रि हटाइएको छ ।
निर्वाचन आचारसंहिता पालना गराउने क्रममा यसअघि पटक पटक बसेको सर्वदलिय बैठकमा विभिन्न राजनीतिक दलका उम्मेदवार र पार्टी प्रतनिधिले आचार संहिता विपरीत सार्वजनिक स्थलमा राखिएका प्रचार सामाग्रि आफ्ैले हटाउने प्रतिबद्धता जनाए पनि सोको पालना नगरेकाले सुरक्षाकर्मीको प्रयोग गरि त्यस्ता सामाग्रिहरु हटाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
आचारसंहिता विपरीत बजार क्षेत्रमा प्रचार सामाग्रि प्रयोग गर्ने काम सबैजसो पार्टीले गरेकाले त्यस्ता गतिविधि रोक्न सम्बन्धित दल र उम्मेदवारलाई सचेत गराउँदा पनि वेवास्ता गरेको पाइएकाले सुरक्षाकर्मीको प्रयोग गरि त्यस्ता सामाग्रि हटाइएको उनको भनाई छ ।
यता जिल्ला निर्वाचन कार्यालय सप्तरीले दलहरुले अचारसंहिता पूर्ण पालना गर्ने भनेर प्रतिबद्धता जनाए पनि त्यसको पालना नगरेको पाइएकोले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन, सबै राजनीतिक दलले आचार संहिताको पूर्ण पालना गर्नुपर्ने सबैसँग अपील समेत गरेको छ ।
निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ