News Category 2079/07/24
उम्मेदवारहरु घरदैलोमा ब्यस्त
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार जयप्रकाश ठाकुर र सप्तरी २ (१) का प्रदेश सभा सदस्य उम्मेदवार सरोज मंडल र (२) का प्रदेश सभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले प्रसार–प्रसारलाई तिब्र बनाएका हुन् ।
जनताको घरदैलोमा पुगेर मत माग्दै सत्ताको लागि नभई संघीयता र संविधानको रक्षाका लागि लोकतान्त्रिक–बाम गठबन्धन बनेकाले जिताउन आग्रह गरेका छन् । उनले यस क्षेत्रको जनताले दिएको सुझावको आधारमा आफू उम्मेदवारी दिएकोले आफ्नो पक्षमा मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे ।
मधेशीको नाममा सधै ठगेर राजनीतिक गर्ने व्यक्तिहरुलाई यस पालि जनताले निर्वाचन मार्फत जवाफ दिने भन्दै उम्मेदवार ठाकुरले मधेशी माथि सधै अहितमा काम गर्ने पार्टी सँग गठबन्धन गरेर जनतालाई ठग्ने काम बन्द गर्नुपर्ने बताए ।
यस्तै सप्तरी–२ (२) मा प्रदेश सभा सदस्यका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार उमेश कुमार यादवले हजारौं शहिदको बलिदानीबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न जनताले यसै गठबन्धनलाई मत दिएर जिताउनुपर्नेमा जोड दिए ।
यसै क्षेत्रका प्रदेश सभा (१) का उम्मेदवार सरोज मंडलले आफू बाचा भन्दा पनि काम गरेर देखाउने बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ