News Category 2079/07/29
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी गरिरहेको प्रवक्ता सुमनको आरोप
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष कुमार सुमनले उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले प्रतिस्पर्धीहरु डराएर भ्रामक प्रचारबाजी गरिरहेको आरोप लगाएका छन् ।
राजविराजमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले निर्वाचनमा पराजयको त्रासले प्रतिस्पर्धीहरुले हदैसम्मको अनर्गल प्रचारबाजी गर्दै आएको बताए ।
हालसम्म कसैले गर्न नसकेको विकासीय कामहरु तथा राजनीतिक आन्दोलनहरुको उपलब्धीले गर्दा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग चुनावी प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धी उम्मेदवारहरुमा हारको त्रास देखिएकोले उनीहरु आतिएको बताए ।
सामाजिक सञ्जालहरुमा निर्वाचन आचार संघीयता विपरित जसपाका अध्यक्ष यादवलाई लक्षित गरी दुष्प्रचार प्रचार गरिरहेको बताउँदै प्रवक्ता सुमनले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भ्रामक प्रचार गरेकोमा आफ्नो पार्टी र प्रशासनले समेत खण्डन गरिसकेको बताए ।
जिल्लामा वाह्य हस्तक्षेप व्यापक बढेको भन्दै निर्वाचनको माहोल नधुमिल्याउन प्रवक्ता सुमनले सचेत गराउँदै अन्य उम्मेदवारलाई पनि त्यसरी नै स्वस्थ रुपमा चुनावी प्रचार गर्न आग्रह गरे । उनले प्रशासनलाई समेत स्वच्छ निर्वाचन गराउनमा सहयोग पु¥याउन आग्रह गर्दै अस्वस्थ प्रतिस्पर्धामा लागेका र धर्मका नाममा उन्मात फैलाउनेलाई कार्वाहीको दायरामा ल्याउनका लागि प्रहरी प्रशासन चनाखो रहनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ