News Category 2079/07/29
उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले प्रतिस्पर्धीहरुले भ्रामक प्रचारबाजी गरिरहेको प्रवक्ता सुमनको आरोप

दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष कुमार सुमनले उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले प्रतिस्पर्धीहरु डराएर भ्रामक प्रचारबाजी गरिरहेको आरोप लगाएका छन् ।
राजविराजमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले निर्वाचनमा पराजयको त्रासले प्रतिस्पर्धीहरुले हदैसम्मको अनर्गल प्रचारबाजी गर्दै आएको बताए ।
हालसम्म कसैले गर्न नसकेको विकासीय कामहरु तथा राजनीतिक आन्दोलनहरुको उपलब्धीले गर्दा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसँग चुनावी प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धी उम्मेदवारहरुमा हारको त्रास देखिएकोले उनीहरु आतिएको बताए ।
सामाजिक सञ्जालहरुमा निर्वाचन आचार संघीयता विपरित जसपाका अध्यक्ष यादवलाई लक्षित गरी दुष्प्रचार प्रचार गरिरहेको बताउँदै प्रवक्ता सुमनले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भ्रामक प्रचार गरेकोमा आफ्नो पार्टी र प्रशासनले समेत खण्डन गरिसकेको बताए ।
जिल्लामा वाह्य हस्तक्षेप व्यापक बढेको भन्दै निर्वाचनको माहोल नधुमिल्याउन प्रवक्ता सुमनले सचेत गराउँदै अन्य उम्मेदवारलाई पनि त्यसरी नै स्वस्थ रुपमा चुनावी प्रचार गर्न आग्रह गरे । उनले प्रशासनलाई समेत स्वच्छ निर्वाचन गराउनमा सहयोग पु¥याउन आग्रह गर्दै अस्वस्थ प्रतिस्पर्धामा लागेका र धर्मका नाममा उन्मात फैलाउनेलाई कार्वाहीको दायरामा ल्याउनका लागि प्रहरी प्रशासन चनाखो रहनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ