News Category 2079/07/29
यूवा विदेशिनुले मुलुक बेरोजगार उत्पादन केन्द्र बन्दै ः शेरचन
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
नेपाली काँग्रेस (विपी) का केन्द्रिय सभापति सुशिलमान शेरचनले लाखौं यूवा रोजगारीका लागि विदेशिनुले मुलुक बेरोजगार उत्पादन केन्द्र बन्दै गएको बताएका छन् ।
चुनावी प्रचार प्रसारको क्रममा मेची–महाकाली अभियान अन्तरगत उनी मंगलबार सप्तरी सदरमुकाम राजविराज आइपुगेपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
जिम्मेवार दलहरुले मुलुकलाई बेरोजगार उत्पादन केन्द्र बनाएको आरोप लगाउँदै उनले आगामी निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे । अब जनताले नयाँ सोच र सिद्धान्त बोकेको आफ्नो पार्टीलाई साथ दिने उनको दाबी छ ।
पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ ७८ र समानुपातिकतर्फ १ सय ७३ उम्मेदवार चुनावी प्रतिष्पर्धामा उतारेको जानकारी दिँदै अत्याधिक स्थानमा बिजयी हुने दाबी गरे ।
सो अवसरमा पार्टीका जिल्ला सभापति एवं प्रदेशसभा सदस्य (समानुपातिक) तर्फकी उम्मेदवार सर्वेश्वरी देवी झा, प्रतिनिधिसभा सदस्य (समानुपातिक) तर्फका उम्मेदवार पार्थो सरकार लगायत स्थानिय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ