News Category 2079/07/29
लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त
दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
मौन अवधी सुरु हुनु दुई दिन अघि लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारहरु मतदातालाई रिझाउन घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जयप्रकाश ठाकुर, प्रदेशसभा सदस्य उम्मेदवार सरोज मंडल र उमेश कुमार यादव मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तिब्रता दिएका हुन् ।
राजविराज नगरपालिका वडा नं. १३, १४ र १५ मा मंगलवार घरदैलो गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार जयप्रकाश ठाकुरले जानकारी दिए । ठाकुरले आफु यहींका बासिन्दा भएको र जनताको सुखदुखमा सधै साथ दिएकाले मतदाताहरुले जिताउने विश्वास व्यक्त गरे ।
जनताको मौलिक अधिकार शिक्षा, रोजगारको विकास गर्न आफु तैयार रहेको भन्दै उनले लोकतान्त्रिक वाम गठबन्धनका उम्म्ेदवार जिते जनताको सपना पुरा हुने बताए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले कागजमै विकास गरेर जनतालाई ठगेको आरोप लगाउँदै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाताहरुलाई आग्राह गरे । नेपाली काँगे्रसका नेता इर्साद अन्सारीले मधेशमा जसपाको सरकारले एउटा पनि उद्योग सञ्चालन गर्न नसकेको बताए । केन्द्र देखि प्रंदेश जसपाकै कृषि मन्त्री सम्म रहेपनि किसानका लागि मल समेत पु¥याउन नसकेको उनको भनाई थियो ।
ग्रामिण भेगका जनताको मर्मलाई नबुझेकोले यस वर्षको चुनावमा जनताले भोटबाट जवाफ दिने अन्सारीले भने । लोकतान्त्रिक समाजवादी पार्टीका नेता ललन झाले मतदाताले परिवर्तन चाहेको बताए । उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ठाकुरलाई जिताउन मतदाताहरु लागि परेको दावी गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ