News Category 2079/07/30
बदर मत प्रतिशत घटाउन नमूना मतदान
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षासहित बुधबार राजविराजमा नमूना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराज नगरपालिका कार्यालय परिसरमा मतदाता शिक्षा कार्यक्रमसहित नमूना मतदान कार्यक्रम आयोजना गरेको हो ।
मतदाता शिक्षा कार्यकर्ताको प्रयोग गरि सचेतनाका लागि मतदाता शिक्षा र नमूना मतदान कार्यक्रमको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान गर्न योग्य १८ वर्षदेखी माथीका व्यक्तिलाई सहभागि गराई नमूना मतदान गराइएको थियो । निर्वाचन प्रक्रियाकै ढाँचामा गरिएको नमूना मतदान कार्यक्रममा १ सय भन्दा बढी सर्वसाधारण सहभागि भए ।
चुनावमा सदर मत बढाउन, सुसुचित मतदाता तयार गर्न र मतको महत्व बुझाउन थालिएको नमूना मतदान कार्यक्रम जिल्लाका सबै पालिकामा पु¥याइएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ