News Category 2079/07/30
लोकतान्त्रिक–बाम गठबन्धनले ग¥यो शक्ति प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
मौन अवधी सुरु हुनु दुई दिनअगावै सप्तरी क्षेत्र नं. २ मा बुधबार लोकतान्त्रिक–बाम गठबन्धनले शक्ति प्रदर्शन गरेको छ ।
निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यतर्फ सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जयप्रकाश ठाकुर र गठबन्धनमा आवद्ध प्रदेशसभा सदस्य २ को १ का उम्मेदवार सरोज मण्डल र २ को २ का उम्मेदवार उमेशप्रसाद यादवले संयुक्त रुपमा शक्ति प्रदर्शन गरेका हुन् ।
राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाट हजारौंको संख्यामा निस्केको जुलुस नगर परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगेर चुनावी सभामा परिणत भएको थियो ।
जुलुसमा काँग्रेस, लोसपा, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरिय नेता कार्यकर्ताका साथै सर्वसाधारणसमेतको सहभागिता देखिन्थ्यो । चुनावी प्रचार प्रसारका क्रममा पहिलो पटक गठबन्धनका उम्मेदवारले संयुक्त रुपमा यस्तो जुलुस निकालेका हुन् ।
गठबन्धन आवद्ध दलका जिल्ला नेताहरुसँगै स्थानिय कार्यकर्ताको समेत उत्साहजनक सहभागिताले मनोवल उच्च भएको सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका ठाकुरले बताए ।
नगर परिक्रमा पश्चात् आयोजित चुनावी सभालाई सत्तारुढ गठबन्धनका प्रदेशसभा २ को १ का उम्मेदवार सरोज मण्डल, २ को २ का उम्मेदवार उमेशकुमार यादव, नेपाली काँग्रेसका रामकुमार यादव, इर्साद अन्सारी, महानन्द यादव लगायतले पनि सम्बोधन गर्दै गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गर्न अपील गरे ।
निर्वाचन कार्यक्रम अनुसार मंसिर ४ गते आइतबार हुने निर्वाचनका लागि बिहीबार राती १२ बजे देखी मौन अवधी सुरु हुँदैछ । मौन अवधी अगावै प्रचारप्रसार सकाएर मतदातालाई आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास स्वरुप विभिन्न दलका उम्मेदवारहरुद्वारा घरदैलो, चुनावी सभा र रोड शो लगायतका गतिविधी तिब्र बनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ