News Category 2079/08/01
जनता समाजवादी पार्टी र जनमत पार्टीद्वारा शक्ति प्रदर्शन

दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचार प्रसार गर्ने अन्तिम दिन बिहीवार सप्तरीमा जनता समाजवादी पार्टी र जनमत पार्टीले शक्ति प्रदर्शन गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले सदरमुकाम राजविराजमा एकै दिन पालैपालो शक्ति प्रदर्शन गरेका हुन् ।
अघिल्लो दिन सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं. २ को सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले शक्ति प्रदर्शन गरेपछि बिहीवार जसपा र जनमतले पनि शक्ति प्रदर्शन गरी मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम चरणको प्रयास गरेका हुन् ।
यस क्षेत्रमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार जय प्रकाश ठाकुर, जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत बीच मुख्य प्रतिस्पर्धा छ ।
स्थानीय राजरंगशालाबाट हजारौंको संख्यामा जसपा अध्यक्ष यादवको नेतृत्वमा निस्केको जुलुस नगर परिक्रमा गर्दे पुनः सोही स्थानमा पुगेर चुनावी सभामा परिणत भएको थियो । चुनावी सभालाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले मुलुकमा परिवर्तन आएपनि मधेश प्रतिको विभेद अझै कायम रहेको बताए ।
उनले ५३ प्रतिशत जनसंख्या रहेको मधेशमा ३० प्रतिशतको मात्र सहभागिता रहेको दावी समेत गरे । उनले मधेशको नागरिक्ताको समस्या अहिले पनि कायमै रहेको भन्दै जन्मसिद्धका छोराछोरीले नागरिक्ता नपाउनु उनीहरुमाथिको अन्याय रहेको बताए ।
अध्यक्ष यादवले कृषिको पछौटेपन, बेरोजगारी, शिक्षा क्षेत्रको अस्तव्यस्तता, मधेशको पछौटेपनको मुल कारण रहेको भन्दै आफुहरुले त्यसमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
यता विहीवारै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको नेतृत्वमा मत माग्दै हजारौंको संख्यामा निस्केको जुलुश नगर परिक्रमा गर्दै जनआन्दोलन चौकमा चुनावी सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डा. राउतले मधेशी शहिदको भ¥याङ्ग चढेर सत्तामा पुगेका शासकहरुले मधेशीको भावनाको उल्टै अपमान गरेको टिप्पणी गरे ।
अहिले चलेको जंगल राजलाई समाप्त गरी जनताको राज्य स्थापना गर्न जरुरी रहेको उनले बताए । मधेशको भयावह बेरोजगारीका कारण लाखौं युवा कामका लागि विदेशिने गरेको र बाकसमा तिनको शव आउने गरेको भन्दै उनले यस्तो अवस्थालाई मतद्वारा सुधार्न आवश्यक रहेको बताए ।
यस क्षेत्रमा मधेशका प्रभावशालि नेताहरु बीचको प्रतिस्पर्धाले चुनावी रौनकसँगै चुनावी माहौल निकै तताएको छ । मुख्य प्रतिस्पर्धी मानिएका सत्तारुढ गठबन्धनका ठाकुर, जसपा–एमाले गठबन्धनका यादव र जनमता पार्टीका डा. राउत तीनै जना दवावमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ