News Category 2079/08/07
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ मा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर भन्दा बढी मतले पराजित गर्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउत विजयी भएका छन् ।
पहिलो पटक चुनावी मैदानमा उत्रेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत १८ हजार ६३ फराकिलो मतान्तरले उपेन्द्र यादवलाई पराजित गरेका हुन् । डा.राउतले ३५ हजार ४२ मत ल्याउँदा उपेन्द्रले १६ हजार ९ सय ७९ मत मात्र ल्याए । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट लोसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गरे ।
२०७४ मा यस क्षेत्रबाट जसपा (तत्कालिन संघिय समाजवादी फोरम) का अध्यक्ष उपेन्द्र्र यादवले फराकिलो मतान्तरले जीत हात पारेका थिए ।
मधेशका दुई प्रभावशाली नेता डा.राउत र यादवले चुनावमा एउटै क्षेत्र रोजेर आमने सामने भएपछि दुबै बीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर, परिणामले त्यस्तो देखाएन । डा.राउतले दोब्बर भन्दा बढी मतले उपेन्द्रलाई हराउदै पुर्व अनुमानलाई गलत सावित भएको छ ।
जीत पछि डा.राउतले जिल्लामा शिक्षा, स्वास्थ्य र रोजगारीको प्रमुख समस्या रहेको बताउदै आफुले जिम्मेवारी सम्हाले पछी यी समस्या समाधान तर्फ प्रमुखताका साथ काम गर्ने बताए । उनले जिल्लालाई छिट्टै पुर्ण साक्षर बनाईने उद्घोष समेत गरे । उनले प्रत्येक परिवारमा एक जनालाई रोजगारीको अवसर प्रदान गर्ने समेत बताए ।
जिल्लाको अन्य प्रदेशसभा क्षेत्रको केही स्थानमा समेत जनमतका उम्मेदवारले निरन्तर अग्रता लिरहेकोमा यस पल्ट मधेश प्रदेश सभामा उक्त पार्टीको सशक्त उपस्थिती हुने आकलंन गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ