News Category 2079/08/08
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो, काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
सप्तरीको क्षेत्र नं १ को १ मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले)का राजकुमार लेखी ५ हजार एक सय ९८ मतले विजयी भएका छन् । उनले १४ हजार दुई सय ९१ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले नौ हजार ९३ मत प्राप्त गरे ।
यसैगरि सप्तरी ३ को १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद समिम विजयी भएका छन् । उनले १० हजार ६ सय ३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डलले ८ हजार ५ सय ३८ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेका एमालेका जोगेन्द्र भगतले ७ हजार ३ सय ४१ मत ल्याए ।
यस्तै सप्तरी क्षेत्र नम्बर १ को २ मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी भएका छन् । मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्बर यादवले ९ हजार ८ सय ८८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार बद्रीनारायण महत्मान यादवले ६ हजार ६ सय १० मत प्राप्त गरे ।
सप्तरीमा रहेको आठ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा हालसम्म ६ प्रदेशसभा सदस्यको नतिजा आइसकेको छ ।
मतपरिणाम अनुसार जिल्लामा जनमतले सर्वाधिक ४ प्रदेशसभा सदस्य पदमा जित हासिल गरेको छ भने काँग्रेस र नेकपा एमाले एक÷एक प्रदेशसभा सदस्यमा जित हात पारेका छन् । मतगणना जारि रहेको प्रदेशसभा ४ को १ मा एकीकृत समाजवादीका गोबिन्द न्यौपाने ८ हजार ४ सय २३ मतका साथ अग्रस्थानमा रहेका छन् । उनलाई एमालेका बालकिशोर चौधरीले ४ हजार १९ मतका साथ पच्छ्याइरहेका छन ।
यस्तै ४ को २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्ध प्रसाद सिंहले ६ हजार ५ सय ५६ मत ल्याई अग्रता लिएका छन् । उनलाई जसपाका अभिषेक यादवले ५ हजार १ सय ७ मतका साथ पच्छ्याइरहेका छन् । त्यसैगरि जनमतका केशरराज गुप्ता ४ हजार ४ सय ३७ मतका साथ तेश्रो स्थानमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ