News Category 2079/08/13
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरी सदरमुकाम राजविराजका विभिन्न औषधी पसलमा बिक्री बितरणका लागि राखिएका म्याद गुज्रेका तथा नेपालमा बिक्रि बितरणको इजाजत नपाएका कम्पनीका औषधीहरु औषधी व्यवस्था विभागको अनुगमन टोलीले मंगलबार नियन्त्रणमा लिएको छ ।
बिराटनगरस्थित औषधी ब्यवस्था विभागका फार्मेशी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा खटेको टोलीले स्थानिय केही औषधी पसलबाट म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका कम्पनीका औषधीहरु नियन्त्रणमा लिएको हो ।
स्थानिय बजारमा म्याद गुज्रेका तथा नेपालमा दर्ता नभएका औषधी खुल्ला बिक्रि बितरण भएको जनगुनासो आएपछि औषधी पसलहरुमा अनुगमन गरिएको हो ।
अनुगमन टोली बजार पुगेको सुइको पाएपछि अधिकांश औषधी ब्यवसायी पसलको सटर बन्द गरेर हिडेको टोलीका प्रमुख मिश्रले बताए ।
उनले बजार अनुगमनका क्रममा पसल बन्द गरि हिडेका औषधी पसलहरुमा कुनै बेला पनि छड्के अनुगमन गर्ने तयारी भएको समेत बताए । अनुगमनसँगै टोलीले औषधी पसलेलाई बिरामी मारमा नपर्ने गरि आ–आफ्नो ब्यवसाय संचालन गर्न र आइन्दा यस्तो अवैध कारोबार नगर्न पनि सचेत गराउने गरेको टोली प्रमुख मिश्रले बताए ।
अनुगमनका क्रममा गैरकानुनी रुपमा संचालन गरिएका, दर्ता हुन बाँकी रहेका र कर तिर्न बाँकी रहेका पसलेलेलाई कानुनको दायरामा आउनका लागि समेत समयसीमा तोकिने गरिएको छ ।
यसअघि सोमबार सप्तरीको हनुमाननगर कंकालिनी र बोदेबरसाइन नगरपालिकास्थित विभिन्न औषधी पसलमा अनुगमन गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ