News Category 2079/08/14
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
कम्युनिष्ट आन्दोलनका संस्थापक नरबहादुर कर्मचार्यको नाममा रहेको स्मृति प्रतिष्ठानले बुधबार सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा वर्तमान चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका सप्तरी शाखा अध्यक्ष ध्रुव कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश गृह तथा सञ्चार राज्य मन्त्री रूबी कुमारी कर्णले नेपाल जस्तो मुलुकमा खर्चिलो चुनाव दुर्भाग्य भएको वताएका छन् । मन्त्री कर्णले नरबहादुर जस्तो सदाचारीको सपना पुरा हुने विश्वास व्यक्त गर्दै देश समाजउन्मुख दिशामा नगएसम्म विकास सम्भव नहुने जिकिर समेत गरिन् ।
कार्यक्रममा खडक नगरपालिका प्रमुख जयप्रकाश चौधरी, प्रतिष्ठानका सल्लाहकार प्रथम लाल राम, नेता कलामउदीन खान, वडा अध्यक्ष कलामउदीन मियाँ, संस्थाका उपाध्यक्ष बद्री सदा, युवा विद्यार्थीहरूले समाजवादको वहस नेपालको लागी आवश्यक रहेको वताए ।
कार्यक्रमको सञ्चालन सचिव माला कुमारी कर्णले गरेकी थिइन् भने संस्थाका सदस्य सरस्वती चौधरीले स्वागत गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ