News Category 2079/08/16
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
राजविराजका एक कृषकले तरकारी खेतीमा सिचाईका लागि नयाँ प्रविधीको प्रयोग गरेका छन् ।
सिंचाइ र जनशक्ती अभावको समस्यालाई मध्यनजर गर्दै स्लाइनका बोतललाई तरकारीका बोटमा सिंचाइ गरी खेती थालेका हुन् ।
राजविराज–७ खरसाल टोलका सुखराम यादवले उपचारमा प्रयोग हुने स्लाइन पानीको खाली बोतलमा ट्युबेलको पानी भरेर तरकारीको बोटमा प्रयोग गरेका हुन् ।
बोट पिच्छै स्लाइन पानीका बोतलमा मसिनो पाइप जडान गरी थोपा थोपा सिंचाई गर्दा छुट्टै मानिस खट्नु पर्ने झन्झ्ट न रहेको बताउँदै उनले यस प्रविधीबाट समय र पैसा दुबैको बचत संगै कम लागतबाटै राम्रो फाईदा लिन सफल भएको सुनाए ।
आप्mनो आधा कठ्ठा जग्गाबाट तरकारी खेती थालेका उनले अस्पतालमा प्रयोग भई खाली रहेका प्लास्टीकका स्लाइन पानीका बोतल संकलन गरी त्यसमा पानी भरेर बासको लठ्ठीमा झुण्ड्याई तरकारी बोटमा सिंचाइ गर्न शुरु गरेका हुन् ।
बोतलमा पानी भरी दिएपछी थोपा थोपा गरी बोटको जरामा खस्ने र पानीको अभाव न रहने उनको भनाई छ । नयाँ तरिकाले सिंचाइ शूरु गरेको यादवको तरकारीबाली राम्ररी फस्टाउँदै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ