News Category 2079/08/16
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
राजविराजका एक कृषकले तरकारी खेतीमा सिचाईका लागि नयाँ प्रविधीको प्रयोग गरेका छन् ।
सिंचाइ र जनशक्ती अभावको समस्यालाई मध्यनजर गर्दै स्लाइनका बोतललाई तरकारीका बोटमा सिंचाइ गरी खेती थालेका हुन् ।
राजविराज–७ खरसाल टोलका सुखराम यादवले उपचारमा प्रयोग हुने स्लाइन पानीको खाली बोतलमा ट्युबेलको पानी भरेर तरकारीको बोटमा प्रयोग गरेका हुन् ।
बोट पिच्छै स्लाइन पानीका बोतलमा मसिनो पाइप जडान गरी थोपा थोपा सिंचाई गर्दा छुट्टै मानिस खट्नु पर्ने झन्झ्ट न रहेको बताउँदै उनले यस प्रविधीबाट समय र पैसा दुबैको बचत संगै कम लागतबाटै राम्रो फाईदा लिन सफल भएको सुनाए ।
आप्mनो आधा कठ्ठा जग्गाबाट तरकारी खेती थालेका उनले अस्पतालमा प्रयोग भई खाली रहेका प्लास्टीकका स्लाइन पानीका बोतल संकलन गरी त्यसमा पानी भरेर बासको लठ्ठीमा झुण्ड्याई तरकारी बोटमा सिंचाइ गर्न शुरु गरेका हुन् ।
बोतलमा पानी भरी दिएपछी थोपा थोपा गरी बोटको जरामा खस्ने र पानीको अभाव न रहने उनको भनाई छ । नयाँ तरिकाले सिंचाइ शूरु गरेको यादवको तरकारीबाली राम्ररी फस्टाउँदै गएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ