News Category 2079/08/16
गाँजा खेती फडानी गर्दै प्रहरी
दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
सप्तरी प्रहरीले चार महिनाको अवधीमा ३ हजार भन्दा बढी गाँजाको बोट फँडानी गरेको छ ।
गाँजा खेती हुने गरेको सुचनाका आधारमा पुगेको प्रहरी टोलीले जिल्लाको विभिन्न पालिकाबाट ३ हजार ८ सय ५४ बोट फडानी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डिएसपी नरेश कुमार सिंहका अनुसार जिल्लाको राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, राजगढ गाउँपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको विभिन्न वडामा लगाइएको उक्त परिमाणको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।
जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको स्थानको पहिचान गरिसकेपछी थप प्रहरी टोली खटाई अवैध गाँजा फडानी गर्ने गरिएको उनले जानकारी दिएका छन ।
अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा प्रहरीले जिल्लाको विभिन्न स्थानमा अबैधरुपमा लगाइएका ४ हजार ७ सय ५० भन्दा बढी गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ