News Category 2079/08/16
सप्तरीमा १ सय ७६ मध्ये १ सय ३८ को जमानत जफत

दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
मंसिर ४ मा सम्पन्न प्रतिनीधीसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका १ सय ७६ जना मध्ये १ सय ३८ जनाको जमानत जफत भएको छ ।
३८ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् । जमानत जफत हुने मध्ये अधिकांस स्वन्तन्त्र र साना दलका उम्मेदवार परेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनीधीसभा र प्रदेशसभा सदस्यका लागी कुल १ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये ३८ जनाले मात्र जमानत जोगाएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेश कुमार जोशीका अनुसार चुवानी मैदानमा होमिएका १ सय ७६ मध्ये प्रतिनीधसभा तर्फ ५८ र प्रदेशसभा तर्फ ८० गरी कुल १ सय ३८ जनाले जमानत जोगाउन सकेनन ।
चार प्रतिनीधीसभा क्षेत्र रहेको जिल्लामा प्रतिनीधीसभा तर्फ सबभन्दा बढी क्षेत्र नं.१ मा १७ जनाको जमानत जफत भएको छ । यस्तै ८ प्रदेश सभा क्षेत्र रहेको जिल्लामा सबभन्दा बढी प्रदेशसभा २ को १ र २ मा गरी २५ जनाको जमानत जफत भएको उनले जानकारी दिएका छन् ।
निर्वाचन निर्देशीका अनुसार कुल सदर मतको १० प्रतिशत ल्याएको उम्मेदवारको जमानत मात्रै जोगिने व्यवस्था छ । ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेको जिल्लामा कुल २ लाख ७९ हजार ५ सय ६६ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ