News Category 2079/08/22
“ढोकाविहीन सार्वजनिक शौचालय”
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
राजविराज वडा नं. ७ स्थित हटिया बजारमा रहेको एक मात्र सार्वजनिक शौचालय ढोकाविहीन अवस्थामा संचालनमा रहेको छ । शौचका लागी प्रयोग गरिने दुई वटा शौचालय कोठा विगत एक वर्षदेखि ढोकाविहीन छ ।
शौचालयमा ढोका नरहेकाले प्रयोगमा समस्याका साथै आसपासका क्षेत्र दुर्गन्धित बन्न पुगेको स्थानीय तरकारी व्यवसायी विशेश्वर यादवले बताए ।
राजविराज नगरपालिकाद्वारा निर्माण गरी वार्षिक ४ लाख रुपैया बुझाउने गरी उक्त शौचालय संचालनको ठेक्का सोही वडाका अशोक मेहतरले पाएका छन । तर शौचालयमा ढोका नरहेको र लथालिङ्ग रहदा सर्वसाधारणलाई शौच गर्न समेत समस्या भईरहेको उनको भनाई छ ।
ठेकेदार मेहतरले आफुले ढोका लगाईदिन पटक पटक नगरपालिका कार्यालयको ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएको लाचारी सुनाए । शौचालय आफूले ठेक्का लिदा लगाइएको ढोका एक वर्ष अघि नै सडेर नष्ट भएको उनले सुनाए ।
भिडभाड रहने हटिया बजारमा दैनिक सयौं सर्वसाधारण किनमेलका लागी आउने गरेको तथा नजिकै रहेको मालपोत कार्यालयका सेवाग्राही समेत सोही शौचालय पायक पर्ने गरेकाले प्रयोगका लागी आउने गरेका छन् । तर, ढोका नहुँदा जथाभावी शौच गर्नाले सो क्षेत्र नै दुर्गन्धित बन्ने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ