News Category 2079/08/22
“ढोकाविहीन सार्वजनिक शौचालय”
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
राजविराज वडा नं. ७ स्थित हटिया बजारमा रहेको एक मात्र सार्वजनिक शौचालय ढोकाविहीन अवस्थामा संचालनमा रहेको छ । शौचका लागी प्रयोग गरिने दुई वटा शौचालय कोठा विगत एक वर्षदेखि ढोकाविहीन छ ।
शौचालयमा ढोका नरहेकाले प्रयोगमा समस्याका साथै आसपासका क्षेत्र दुर्गन्धित बन्न पुगेको स्थानीय तरकारी व्यवसायी विशेश्वर यादवले बताए ।
राजविराज नगरपालिकाद्वारा निर्माण गरी वार्षिक ४ लाख रुपैया बुझाउने गरी उक्त शौचालय संचालनको ठेक्का सोही वडाका अशोक मेहतरले पाएका छन । तर शौचालयमा ढोका नरहेको र लथालिङ्ग रहदा सर्वसाधारणलाई शौच गर्न समेत समस्या भईरहेको उनको भनाई छ ।
ठेकेदार मेहतरले आफुले ढोका लगाईदिन पटक पटक नगरपालिका कार्यालयको ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएको लाचारी सुनाए । शौचालय आफूले ठेक्का लिदा लगाइएको ढोका एक वर्ष अघि नै सडेर नष्ट भएको उनले सुनाए ।
भिडभाड रहने हटिया बजारमा दैनिक सयौं सर्वसाधारण किनमेलका लागी आउने गरेको तथा नजिकै रहेको मालपोत कार्यालयका सेवाग्राही समेत सोही शौचालय पायक पर्ने गरेकाले प्रयोगका लागी आउने गरेका छन् । तर, ढोका नहुँदा जथाभावी शौच गर्नाले सो क्षेत्र नै दुर्गन्धित बन्ने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ