News Category 2079/08/23
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
राजविराज सहर बिस्तार भएसँगै विभिन्न समस्याका कारण यो सहर अव्यवस्थित समेत बन्दै गएको छ ।
सहर विकसित हुदैछ तर, सोही अनुपातमा अव्यवस्थित समेत बन्दै गएको छ । यस बाहेक ठूलो चुनौतीको रुपमा अहिले फोहर, मैला व्यवस्थापन र ट्राफिक व्यवस्था पनि देखिएको छ ।
सहरको मुख्य चौकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । मानिसहरु जथाभावी खाली र पायक पर्ने ठाउँमा शौच र पिसाब गर्ने गरेका छन् । जसले गर्दा सहर दुर्गन्धित बन्दै गएको छ ।
हालै मात्र राजविराज नगरपालिकाले दुई वटा सार्वजनिक शौचालय झण्डै ४० लाखको लागतमा निर्माण गरेको छ । एउटा नगरपालिकाको नाक सामुन्ने रहेको भगवती पोखरी जाने मुख्य द्वार र अर्को राजरंगशाला परिसर भित्र ।
भगवती पोखरीको मुख्य प्रवेश द्वारको छेउमै निर्माण गरिएको शौचालय उद्घाटन हुनु अगावै अव्यवस्थित र दुर्गन्धित बनेको छ । प्राथमिक विद्यालयको झ्याललाई थुनेर उक्त शौचालय निर्माण गरिएको हो । यस्तै सोही शौचालय भन्दा ५० मिटर उत्तरतर्फ एउटा निजि विद्यालय पनि छ । उक्त विद्यालयका विद्यार्थीहरु विद्यालय जाँदा शौचालयबाट निस्किने दुर्गन्धले नाक, मुख थुनेर जाने गर्छन् भने सरकारी विद्यालयका विद्यार्थीहरु बाँकी रहेका झ्याल थुनेर पढ्न बाध्य भएका छन् ।
उचित स्थान र दुर्गामी सोचको अभावमा निर्माण गरिएको उक्त शौचालयका कोठाहरु अहिले नै फोहर मैलाले भरिएको छ । पानीको अभाव समेत रहेको शौचालयमा जाथाभावी शौच र पिसाब गरिएको देख्न सकिन्छ । हचुवाको तालमा निर्माण गरिएको उक्त शौचालय निर्माणाधीन अवस्थामै लथालिङ बनेको स्थानिय परिष कर्ण बताउछन् ।
नगरपालिका कार्यालय अगाडी निर्माण गरिएको शौचालयप्रति नगरपालिका आफै पनि वेखबर रहेको तथा यसको रेखदेखमा समेत कसैलाई नदिएको बुझिएको छ । यस्तै रंगशालामा परिसरमा अहिले पनि शौचालय निर्माणाधीन अवस्थामै रहेको छ । यी दुबै शौचालय निर्माण त गरियो तर, उचित संरक्षण गर्न नसकिएकोले लगानी खेर जाने सम्भावना समेत बढेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ