News Category 2079/08/25
अमसोत सहकारीको बार्षिक साधारण सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
अमसोत सामुदायीक कृषि सहकारी संस्था लि.को १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा आयोजित सभामा आ.ब. ०७८÷०७९ मा सस्थाले ५ करोड १२ लाख ९२ हजार ३ सय ७२ रकमको कारोवार गरी खुद नाफा २१ लख ८४ हजार २ सय ५४ रुपैया ३५ पैसा आर्जन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
साधारण सभामा प्रमुख अतिथि यादवले सरकारले देशलाई कृषि प्रधान भने पनि व्यवहारमा नरहेको बताए । किसानले ३५ प्रतिशत योगदान गरे पनि किसानलाई समयमा बिउ, विजन, मल, खाद, सिचाईको उचित ब्यवस्थापन गर्न नसकेको कारण उन्नति, प्रगती हुन नसकेको उनले बताए ।
किसानको समस्यातर्फ स्थानिय, प्रदेश र संघीय सरकारले उचित ध्यान नदिएकै कारण कृर्षिको क्षेत्रको निराशजनक अवस्था रहेको उनले आरोप लगाउँदै आप्mनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिद्घता समेत ब्यक्त गरे ।
बि.स. २०६१ सालमा स्थापना भएको उक्त संस्थामा ८ सय १ जना सदस्य रहेका छन् । जसमा ७ सय ८७ जना महिला र १४ जना पुरुष आवद्घ छन् । साधारण सभामा संचालक समितिको तर्फवाट अध्यक्ष सुमित्रादेवी चौधरी, लेखा समितिका संयोजक कपिलदेव मण्डल, ब्यस्थापकिय प्रतिवेदन ब्यवस्थापक रामी यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष सुमित्रादेवी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अग्निसाईर कृष्णासवरन गापाका वडाध्यक्ष तेज नारायण यादव, युवा स्वरोजगार कोष सप्तरीका संयोजक हरि प्रसाद चौधरी, समाजसेवी रामदेव यादव, समाज सुधार ऋण वचत सहकारी संस्था लि रा.वि. ८ का अध्यक्ष भुपेन्द्र प्रसाद यादव, छेदी लाल चौधरी, कामेश्वर मण्डल, प्रदिप कुमार चौधरी, अशोक यादव, रंजिता चौधरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
युवा स्वरोजगार कोषबाट आर्थिक सहयोग लिएर तरकारी खेतीमा उदाहरणिय काम गरेका सन्तोषी कुमारी चौधरी, सीतादेवी तामाङ, सुष्मा तामाङ तथा बचतकर्तामा सरिता खंगलाई संस्थाले सम्मान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ