News Category 2079/08/25
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
लाग्ु औषध मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछी फरार रहेकी एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ परेकी सप्तरीको सुरुङ्गा नगरपालिका १ निवासी ३२ वर्षिया रोमा कुमारी विश्वकर्मालाई आईतवार अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२०७८ साल असार २० गते भारतीय सीमा संग जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित सडक खण्डमा चेक जाँचको क्रममा उनी लागु औषध सहित पक्राउ परेकी थिइन ।
सशस्त्र प्रहरी हबल्दार विनोद कुमार मण्डल नेतृत्वको टोलीले उनको साथबाट प्रतिबन्धित लागु औषध एसपास्मोप्रोसिभन क्याप्सुल १४४ थान र नाईट्रोसन ट्याब्लेट २० थान बरामद गरेको थियो ।
प्रहरीले उनी उपर लागु औषध मुद्दामा कानुनी प्रक्रिया अघि बढाउँदा सप्तरी जिल्ला अदालतले २०७८ साल चैत २३ गते १ लाख जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो । फैसला लगत्तै फरार भएकी विश्वकर्मालाई अघिल्लो दिन प्रहरीले राजविराज नगरपालिका ६ स्थित एक घर नजिकैबाट पक्राउ गरेको डिएसपी नरेश कुमार सिहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ