News Category 2079/08/25
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
लाग्ु औषध मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछी फरार रहेकी एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ परेकी सप्तरीको सुरुङ्गा नगरपालिका १ निवासी ३२ वर्षिया रोमा कुमारी विश्वकर्मालाई आईतवार अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२०७८ साल असार २० गते भारतीय सीमा संग जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित सडक खण्डमा चेक जाँचको क्रममा उनी लागु औषध सहित पक्राउ परेकी थिइन ।
सशस्त्र प्रहरी हबल्दार विनोद कुमार मण्डल नेतृत्वको टोलीले उनको साथबाट प्रतिबन्धित लागु औषध एसपास्मोप्रोसिभन क्याप्सुल १४४ थान र नाईट्रोसन ट्याब्लेट २० थान बरामद गरेको थियो ।
प्रहरीले उनी उपर लागु औषध मुद्दामा कानुनी प्रक्रिया अघि बढाउँदा सप्तरी जिल्ला अदालतले २०७८ साल चैत २३ गते १ लाख जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो । फैसला लगत्तै फरार भएकी विश्वकर्मालाई अघिल्लो दिन प्रहरीले राजविराज नगरपालिका ६ स्थित एक घर नजिकैबाट पक्राउ गरेको डिएसपी नरेश कुमार सिहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ