News Category 2079/08/25
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सामाजिक क्षेत्रमा क्रियाशील धर्मी हल्फा महिला विकास क्लब सप्तरीले आगलागिका घटना हुन नदिन सचेतना फैलाउनुका साथै राहत बितरण कार्यक्रमलाई तिब्र बनाएको छ ।
आवश्यक सावधानी नअपनाउँदा जिल्लाको ग्रामिण क्षेत्रमा आगलागीले एक पछी अर्काे घर सखाफ हुने घट्ना बढ्दै गएपछी सो संस्थाले सचेतनासंगै राहत वितरण कार्यलाई पनि तीव्र बनाएको हो ।
यसैक्रममा आइतवार सो क्लबले आगलागीबाट घरवारविहीन भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ की एकल महिला ६० वर्षिया खोतोजा खातुनलाई प्रारम्भिक राहत स्वरुप त्रिपाल, तन्ना, भाडाँकुडा, लत्ताकडा लगायतका सामाग्री पदान गरेको छ ।
पीडितको घर आँगन मै पुगी क्लबका अध्यक्ष इन्जिनीयर सूर्यनारायण यादवले उक्त राहत सामाग्री प्रदान गरेका हुन् । तीन दिन अघि भएको आगलागीबाट उनी बस्ने घरका साथै खाद्यन्न, लताकपडा, भाडाकुडा लगायतका सामाग्री जलेर नष्ट हुँदा विचल्लीमा परेकी थिइन ।
दुई महिना यता अध्यक्ष इ.यादवले जिल्लाको बोदे बर्साइन नगरपालिका, खडक नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्निसाइर कृष्णा सवरण गाउँपालिका र डाक्नेश्वर नगरपालिका लगायतका आधा दर्जन स्थानमा भएको आगलागीका घट्नाबाट पीडित भएकाहरुको घरमै पुगी राहत बाँडेका छन् ।
उनले राहत बाड्ने काम मात्रै गरेका छैनन । आगलागीका घटना हुन नदिन अपनाउनु पर्ने सावधानी तथा आगलागी भइहाले क्षति न्यूनिकरणका लागी अपनाउनु पर्ने उपायबारे समेत सचेतना दिने गरेका छन् ।
राहत वितरण स्थलमा उपस्थित भएका पीडित तथा आसपासका वासिन्दालाई अध्यक्ष यादवले आगलागी पुर्व र आगलागी पछिको सांकेतिक अभ्यास मार्फत पुर्वतयारीका लागी के–के गर्नुृ पर्ने रहेछ भन्ने ज्ञान समेत बाँडने गरेका छन् ।
विपद बाजा बजाएर नआउने बताउने गरेका उनले सप्तरी आगलागीका लागी जोखिमयुक्त जिल्लामा पर्ने भएकाले आगालगीको समयमा मानवीय र भौतिक क्षति न्युनिकरणका लागी राहत संगै सचेतना दिने गरेको बताए ।
सप्तरीमा गत आर्थिक वर्ष २०७८÷०७९ मा आगलागीका १ सय ७७ घट्ना भएका थिए । जसबाट करिब ३ करोड ५५ लाख ७४ हजार ९ सय रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याँकले देखाएको छ ।
यस्तै चालु आ.व.२०७९÷८० को हाल सम्मको अवधीमा आगलागीका १८ वटा घट्ना भई १ करोड भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ