News Category 2079/08/25
आगलागीका घटना हुन नदिन बारे सचेतनाका साथै राहत पनि बितरण गर्दै धर्मीहल्फा

दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सामाजिक क्षेत्रमा क्रियाशील धर्मी हल्फा महिला विकास क्लब सप्तरीले आगलागिका घटना हुन नदिन सचेतना फैलाउनुका साथै राहत बितरण कार्यक्रमलाई तिब्र बनाएको छ ।
आवश्यक सावधानी नअपनाउँदा जिल्लाको ग्रामिण क्षेत्रमा आगलागीले एक पछी अर्काे घर सखाफ हुने घट्ना बढ्दै गएपछी सो संस्थाले सचेतनासंगै राहत वितरण कार्यलाई पनि तीव्र बनाएको हो ।
यसैक्रममा आइतवार सो क्लबले आगलागीबाट घरवारविहीन भएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ की एकल महिला ६० वर्षिया खोतोजा खातुनलाई प्रारम्भिक राहत स्वरुप त्रिपाल, तन्ना, भाडाँकुडा, लत्ताकडा लगायतका सामाग्री पदान गरेको छ ।
पीडितको घर आँगन मै पुगी क्लबका अध्यक्ष इन्जिनीयर सूर्यनारायण यादवले उक्त राहत सामाग्री प्रदान गरेका हुन् । तीन दिन अघि भएको आगलागीबाट उनी बस्ने घरका साथै खाद्यन्न, लताकपडा, भाडाकुडा लगायतका सामाग्री जलेर नष्ट हुँदा विचल्लीमा परेकी थिइन ।
दुई महिना यता अध्यक्ष इ.यादवले जिल्लाको बोदे बर्साइन नगरपालिका, खडक नगरपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्निसाइर कृष्णा सवरण गाउँपालिका र डाक्नेश्वर नगरपालिका लगायतका आधा दर्जन स्थानमा भएको आगलागीका घट्नाबाट पीडित भएकाहरुको घरमै पुगी राहत बाँडेका छन् ।
उनले राहत बाड्ने काम मात्रै गरेका छैनन । आगलागीका घटना हुन नदिन अपनाउनु पर्ने सावधानी तथा आगलागी भइहाले क्षति न्यूनिकरणका लागी अपनाउनु पर्ने उपायबारे समेत सचेतना दिने गरेका छन् ।
राहत वितरण स्थलमा उपस्थित भएका पीडित तथा आसपासका वासिन्दालाई अध्यक्ष यादवले आगलागी पुर्व र आगलागी पछिको सांकेतिक अभ्यास मार्फत पुर्वतयारीका लागी के–के गर्नुृ पर्ने रहेछ भन्ने ज्ञान समेत बाँडने गरेका छन् ।
विपद बाजा बजाएर नआउने बताउने गरेका उनले सप्तरी आगलागीका लागी जोखिमयुक्त जिल्लामा पर्ने भएकाले आगालगीको समयमा मानवीय र भौतिक क्षति न्युनिकरणका लागी राहत संगै सचेतना दिने गरेको बताए ।
सप्तरीमा गत आर्थिक वर्ष २०७८÷०७९ मा आगलागीका १ सय ७७ घट्ना भएका थिए । जसबाट करिब ३ करोड ५५ लाख ७४ हजार ९ सय रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याँकले देखाएको छ ।
यस्तै चालु आ.व.२०७९÷८० को हाल सम्मको अवधीमा आगलागीका १८ वटा घट्ना भई १ करोड भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ