News Category 2079/08/26
गौं हत्याको बिरोधमा प्रदर्शनका साथै गृहमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर ।
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने नाममा गौं हत्या भएको भन्दै सप्तरीका हिन्दुवादी संगठन आन्दोलित भएका छन् ।
विश्व हिन्दु परिषद् सप्तरीको अगुवाईमा सोमबार राजविराजमा प्रदर्शन गर्नुका साथै गौं हत्यामा संलग्नमाथी कडा कारवाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।
परिषद्का उपाध्यक्ष दिलिप दासको अगुवाईमा गरिएको प्रदर्शन पश्चात् सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि गिरी मार्फत गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र पठाइएको हो ।
गत सोमबार कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै आधा दर्जन जति गाईलाई मार्न लगाएर गाडेको ज्ञापन पत्रमा उल्लेख छ । कानुनले गौं हत्यालाई निषेध गर्दा गर्दै स्थानिय सरकारका रुपमा रहेका नगरपालिकाले नै गौं हत्या गर्नु आपत्तिजनक रहेको ज्ञापनपत्र मार्फत घोर निन्दा समेत व्यक्त गरिएको छ ।
गौं हत्यामा संलग्न माथी कारवाही नभए आन्दोलन चर्काउने समेत ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ