News Category 2079/08/27
पर्याप्त शिक्षक र बजेट अभावले पठन पाठनमा समस्या
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका ४ छपकी भतौलस्थित आधारभुत विद्यालयमा पर्याप्त शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको छ ।
सो विद्यालयमा निमावितर्फ शिक्षको अभावले लामो समय देखी पढाइ प्रभावित भइरहेको छ । विद्यालयमा निमावितर्फ अंग्रजी, गणित, विज्ञान र नेपाली विषयको शिक्षकको अभाव छ ।
बाल विकास देखी ८ कक्षा सम्म पढाई हुने विद्यालयमा १ सय ८० छात्र र १ सय १९ छात्रा गरी कुल ३ सय ७६ जना विद्यार्थी छन । विद्यालयमा प्राविका ५, राहतका १ र बालविकास तर्फका २ गरी जम्मा ८ जना शिक्षक छन् ।
निमावितर्फ शिक्षकको अभाव हुदा अहिले प्राविका शिक्षकहरुबाटै जसोतसो काम चलाउनु परिरहेको प्रधानाध्यापक बालकृष्ण यादवले जानकारी दिए ।
प्रधानाध्यापक यादवले निमावितर्फ कम्तीमा ३ जना शिक्षकको आवश्यक्ता रहेपनि सोको व्यवस्था हुन नसक्दा समस्या भईरहेको बताए । शिक्षक अभावले निमावितर्फको पठन पाठनमा समस्या भएपछी प्रावि तर्फ कै शिक्षकबाट सके सम्म सबै विषय पढाउने प्रयास भइरहेको उनको भनाइ छ ।
उनले विद्यालयमा रहेको २ मध्ये १ शौचालय पनि जीर्ण भई बन्द अवस्थामा रहेको सुनाए । छात्राले प्रयोग गर्ने शौचालय जसोतसो संचालनमा ल्याइए पनि छात्र तथा विद्यालयका शिक्षक र कर्मचारीले प्रयोग गर्ने शौचालय अति जीर्ण भइ हाल बन्द अवस्थामा रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ