News Category 2079/08/28
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
दैनिक समाचारदाता
राजविराज, २८ मंसिर ।
नवनिर्वाचित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रिय सदस्य राजकुमार लेखीले रेशम चौधरी लगायतका आन्दोलनकारीलाई रिहा गर्ने नाउँमा सरकारले ल्याएको अध्यादेश संविधान विपरीत भएको बताएका छन् ।
बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि पार्टीका सप्तरी जिल्ला सहइन्चार्ज समेत रहेका नेता लेखीले काम चलाउ सरकारले कुनै पनि अध्यादेश ल्याउन नमिल्ने दाबी गरे । उनले सरकारले अध्यादेशको बहानामा थारुलाई झुक्याउने काम समेत गरेको आरोप लगाए ।
नेता लेखीले अध्यादेशको बहानामा सरकारले प्रहरी निकायमा समेत चहलखेल गर्न लागेको बताउँदै आफ्नो अनुकुल प्रहरी संगठनलाई प्रभावमा लिने गरि उमेर हदबन्दी तथा अन्यगतिबिधी बढाउन लागेको दोषारोपन समेत गरे ।
उनले भने “यसरी संविधान बिरोधी काम भइरहदा त्यसको बिरोध हुनुपर्छ, चुप लागेर बस्न मिल्दैन ।” वर्तमान सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र समेत रहेको र माओवादी अध्यक्ष प्रचण्डले उत्ति बेलानै सुनसरीको झुम्का र काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा रेशम लगायतका अन्य निर्दोष आन्दोलनकारी ६ महिनाभित्रै रिहा हुने भने पनि त्यति बेला रिहा नगरि अहिले रिहाईको नाममा अध्यादेश ल्याउनुको के औचित्य हो ? लेखीको प्रश्न थियो ।
लाल आयोगको प्रतिवेदन चार वर्षदेखी लुकाएर राख्ने सरकारको नियतले पनि रेशम चौधरी निर्दोष थिए भन्ने प्रमाणित भएको लेखीको जिकिर थियो । उनले थरुहट आन्दोलन लगायत अधिकार प्राप्तिका आन्दोलनमा झुठा मुद्दा लगाएर फसाइएकाहरुको अविलम्ब रिहाईको माग गर्दै जनतालाई ढाट्ने काम बन्द हुनु पर्नेमा जोड दिए ।
कार्यकाल सकिन्न तीन चार दिन मात्र बाँकी रहेको समयमा सरकारले अध्यादेशको नाऊमा अफताब आलम लगायतका केही अपराधीहरुको माधयमबाट आफ्नो स्वार्थपूर्ती गर्न चाहेको उनको दाबी थियो । उनले अधयादेश मार्फत अपराधीलाई चोख्याउने काम कदापी गर्न नहुने समेत बताए ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका सप्तरी सचिव देवनाथ यादव समेतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ