News Category 2079/09/01
स्व. भट्टराईलाई सम्झदै श्रद्धाञ्जली अर्पण
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीका वरिष्ठ पत्रकार एवं मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष स्व. शिवहरी प्रसाद भट्टराईको निधन भएको १३ औं दिनको पुण्यतिथिमिा बिहीबार एक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीले श्रद्धाञ्जली सभाको आयोजना गरेर उनको सम्झाना र श्रद्धाञ्जली अर्पण गरेको हो ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक अध्यक्ष समेत रहेका भट्टराईको निधनले पत्रकार र पत्रकारिता क्षेत्रमा अपुर्णिय क्षति पुग्नुका साथै एउटा कुशल अभिभावक गुमाएको कार्यक्रमका सहभागी वक्ताहरुले बताए ।
पत्रकार महासंघ सप्तरी शाखाका सभापति श्रवण कुमार देवको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली सभामा प्रेस काउन्सिलका पूर्व सदस्य अनिल कुमार अनल, पत्रकार एवं लेखक रामरिझन यादव, महासंघका सप्तरीका पूर्व सभापति मुरली प्रसाद यादव, बैजनाथ झा, विष्णु मण्डल, जितेन्द्र खड्गा, केन्द्रिय सदस्य ललिता साह, रिन्कु मिश्रा, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, सर्लाही पत्रकार महासंघका अध्यक्ष टंक क्षेत्री, महासंघका निवर्तमान केन्द्रिय सदस्य अवधेश झा, विभिन्न प्रेस संघ संगठनका अध्यक्ष एवं प्रतिनिधि लगायतले स्व. भट्टराईको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ