News Category 2079/09/01
पाउन थाले शहिद परिवारले मासिक ५ हजार १ सय सहयोग
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
राजविराज नगरपालिकाले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका नगर क्षेत्रभित्रका शहिद परिवारलाई जीवन निर्वाहका लागि मासिक ५ हजार १ सय रुँपैया सहयोग उपलब्ध गराएको छ ।
शुक्रबारसम्ममा उक्त सहयोग राशि पाउने शहिद परिवारको संख्या ३ पुगेको छ । मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहिद भएका परिवारले मासिक ५ हजार १ सय रुपैयाँ सहयोग स्वरुप पाउन थालेका हुन् ।
मासिक ५ हजार १ सयका दरले शहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने निर्णय अनुसार सहयोग राशि वितरण कार्य सुरु गरिएको छ । उक्त सुविधा प्राप्त गर्न शहिद परिवारले शहिद प्रमाण पत्र, नागरिकता प्रतिलिपी, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिस लगायतका कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।
नगरसभाको पहिलो बैठकबाटै निर्णय भए बमोजिम गत साउन महिनादेखिकै मासिक भत्ता जोडेर सहयोग राशि प्रदान गर्न थालिएको राजविराज नगरपालकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रविणले जानकारी दिइन् ।
शहिदको बलिदानका कारण लोकतन्त्र, गणतन्त्र स्थापना हुँदै मुलुकले संघीयता र नयाँ संविधान पाएसँगै संघीय, प्रदेश र स्थानीय सरकार मार्फत मुलुक समृद्धिको यात्रामा अघि बढेकाले शहिद परिवारको सम्मान र राहतका लागि उक्त योजना ल्याइएको कार्यवाहक नगरप्रमुख प्रविणको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले शहिद परिवारको जीवनस्तरमा सुधार ल्याउन नगरपालिकाले थौरे भएपनि सहयोग र सम्मानको प्रयास गरेको बताए ।
विभिन्न चरणमा भएको मधेश आन्दोलन र त्यसपछि २०७३ साल फागुन २३ गते मलेठमा भएको तनावका क्रममा प्रहरीको गोली लागेका समेत गरी जिल्लाभरका ११ जना शहिद भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ