News Category 2079/09/01
पाउन थाले शहिद परिवारले मासिक ५ हजार १ सय सहयोग

दैनिक समाचारदाता
राजविराज, १ पुस ।
राजविराज नगरपालिकाले मधेश आन्दोलनका क्रममा ज्यान गुमाएका नगर क्षेत्रभित्रका शहिद परिवारलाई जीवन निर्वाहका लागि मासिक ५ हजार १ सय रुँपैया सहयोग उपलब्ध गराएको छ ।
शुक्रबारसम्ममा उक्त सहयोग राशि पाउने शहिद परिवारको संख्या ३ पुगेको छ । मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहिद भएका परिवारले मासिक ५ हजार १ सय रुपैयाँ सहयोग स्वरुप पाउन थालेका हुन् ।
मासिक ५ हजार १ सयका दरले शहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने निर्णय अनुसार सहयोग राशि वितरण कार्य सुरु गरिएको छ । उक्त सुविधा प्राप्त गर्न शहिद परिवारले शहिद प्रमाण पत्र, नागरिकता प्रतिलिपी, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिस लगायतका कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको छ ।
नगरसभाको पहिलो बैठकबाटै निर्णय भए बमोजिम गत साउन महिनादेखिकै मासिक भत्ता जोडेर सहयोग राशि प्रदान गर्न थालिएको राजविराज नगरपालकाकी कार्यवाहक नगर प्रमुख इसरत प्रविणले जानकारी दिइन् ।
शहिदको बलिदानका कारण लोकतन्त्र, गणतन्त्र स्थापना हुँदै मुलुकले संघीयता र नयाँ संविधान पाएसँगै संघीय, प्रदेश र स्थानीय सरकार मार्फत मुलुक समृद्धिको यात्रामा अघि बढेकाले शहिद परिवारको सम्मान र राहतका लागि उक्त योजना ल्याइएको कार्यवाहक नगरप्रमुख प्रविणको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले शहिद परिवारको जीवनस्तरमा सुधार ल्याउन नगरपालिकाले थौरे भएपनि सहयोग र सम्मानको प्रयास गरेको बताए ।
विभिन्न चरणमा भएको मधेश आन्दोलन र त्यसपछि २०७३ साल फागुन २३ गते मलेठमा भएको तनावका क्रममा प्रहरीको गोली लागेका समेत गरी जिल्लाभरका ११ जना शहिद भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ