News Category 2079/09/05
पत्रकारले प्रहरी प्रशासनको कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि कार्यक्रम समेत बहिष्कार गर्ने
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकारमाथी धम्की दिनेलाई कारवाही गर्न दिएको ४८ घण्टे अल्टिमेटम बितेपनि प्रहरीले कुनै प्रक्रिया नबढाउदा बाध्य भई सोमबार संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
महासंघका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा सोमबार जारि संयुक्त विज्ञप्तिमा संघर्षका कार्यक्रमहरुमा प्रहरी प्रशासनको औपचारिक कार्यक्रमदेखी प्रहरी प्रमुख सहभागि रहेको कार्यक्रम बहिष्कार गर्ने लगायतका छन् ।
संघर्षका कार्यक्रमहरुमा पुस ५ गते संघर्षका कार्यक्रमसहित पीडित पत्रकारलाई न्याय र पीडकलाई कारबाहीको मागराखी हातमा कालो पट्टी बाँधेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने, पुस ६ देखी १२ गतेसम्म सप्तरी प्रहरीको औपाचारिक कार्यक्रम बहिष्कार गर्ने, पुस ७ देखी १२ गतेसम्म सप्तरी प्रहरी प्रमुख सहभागी भएको जुनसुकै कार्यक्रम बहिष्कार गर्ने तथा पुस ८ गते सुर्खेतमा आयोजना हुने नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभास्थलमा पीडकलाई कारबाही र पीडित पत्रकारलाई न्यायको मागसहितको ब्यानर प्रदर्शन गरिने रहेका छन् ।
जारि विज्ञप्तिमा पुस ४ देखि १२ गतेसम्म पहिलो चरणको आन्दोलनको कार्यक्रमको अवधीमासमेत मागप्रति स्थानीय प्रहरी प्रशासन गम्भिर नभए अर्को बैठक बसी दोश्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।
महासंघका पूर्व केन्द्रीय सदस्य सप्तरी शाखाका सदस्य एवं कान्तिपुर दैनिक पत्रिकामा कार्यरत अवधेशकुमार झाले राजविराज नगरपालिका कार्यालयको समाचार लेखेकै कारण फेसबुकमा नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडीवाट पत्रकार झालाई मंसिर १९ गते ज्यानमार्ने धम्की दिंदा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले कारबाही प्रक्रिया अगाडी बढाउन सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ