News Category 2079/09/05
दुई दिने श्याम महोत्सव सुरु
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
माड्वारी समुदायले आराध्यदेवको रुपमा पुज्दै आएको खाटु श्यामबाबाको दुई दिवसीय महोत्सव सोमबारदेखी राजविराजमा सुरु भएको छ ।
महोत्सवको पहिलो दिन स्थानिय शिवमन्दिर प्राङ्गणबाट निस्केको झाँकी, बाजागाजा र लावालस्करसहितको निशान शोभायात्रा नगरपरिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगेर सम्पन्न भएको थियो ।
भगवान राम, सीता, राधाकृष्ण, हनुमान लगायतका भूमिकामा सजिएका स्थानिय तथा छिमेकी राष्ट्र भारत कलकत्ताका कलाकारहरुले नगरपरिक्रमाका क्रममा धार्मिक कलाप्रदर्शन गरेका थिए ।
बालाजी श्याम भक्त मण्डल राजविराजद्वारा आयोजित दुई दिने महोत्सवको अन्तिम दिन मंगलबार जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा भारतीय ख्याती प्राप्त कलाकार कुमार दिपक, स्वेता अग्रवालका साथै स्थानिय कलाकारहरुद्वारा भजन सन्ध्या कार्यक्रमको प्रस्तुती गरिने मूल आयोजक समितिका सदस्य सुरेश अग्रवालले जानकारी दिए । उक्त धामिर्क कार्यक्रममा नेपाल र भारतका सन्त, महन्थहरुबाट प्रवचन कार्यक्रम पनि प्रस्तुत गरिने समितिका अर्का सदस्य श्याम अग्रवालले बताए ।
महोत्सवमा ब्यापक सहभागिता जनाउन महोत्सव तयारी समितिका सदस्य मनोज मुन्धडाले सबैसँग आग्रह गरेका छन् । महोत्सवमा २५ हजार भन्दा बढी भक्तजनको सहभागिता रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको महोत्सव आयोजक समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ