News Category 2079/09/05
बिटौरी जग्गा समस्या समाधान नहुँदा राजविराज नगरका पाँच हजार परिवार पीडामा

दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
राजविराज नगरपालिका क्षेत्रभित्रका ५ हजार परिवार बर्षौदेखी बिटौरी जग्गा समस्या समाधान नहुँदा पीडा खेप्दै आएका छन् ।
बुवा–बाजेको पालादेखी नगरपालिकामा बुझाएको करका आधारमा भोग चलन गर्दै आएको बिटौरी जग्गा समस्या पर्दा बैंक तथा वित्तिय संस्थामा राख्न नपाउँदा उनीहरु पीडा खेप्न बाध्य भएका हुन् ।
राजविराज मुख्य बजार मेनरोड र आसपासको टोल रहेको ६८ विगहा जग्गा पछिल्लो ५ वर्षदेखी सरकारले बिक्रि बितरण गर्न र बैंकमा राख्न रोक लगाएपछि यस्तो समस्या उत्पन्न भएको हो । पाँच वर्ष अघिसम्म उक्त जग्गा बेचविखन गर्न तथा समस्या पर्दा ऋण वापत बैंकमा धितो राख्न सक्ने व्यवस्था थियो । लालपूर्जा नरहेको तथा भूमि व्यवस्था तथा मालपोत कार्यालयले रोक्क ागर्न बन्द गरेपछि बैंकले धितो राख्न अस्विकार गर्दै आएकाले आफूहरु समस्यामा परेको नगरवासीको भनाई छ ।
विगत पाँच वर्षदेखी लालपूर्जा नपाएको र नगरपालिकाबाट नक्सापास तथा मालपोत कार्यालयबाट रोक्का प्रक्रिया समेत रोकिएपछि समस्यामा परेको व्यवसायी अभिषेख जोशीले बताए ।
विगत पाँच वर्षदेखी श्रेस्ता र कम्प्युटरमा कुनै रेकर्ड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि समस्या पर्दा बैंक तथा वित्तिय संस्थाबाट पाउनु पर्ने ऋण पाउन नसकि विचल्ली भएको राजविराज ७ का उमाशंकर साहले दुखेसो पोखे ।
बैंकले त्यस्तो जग्गा अस्विकार गर्दा समस्याका बेला चर्को मिटरबयाजमा ब्यक्तिहरुसित ऋण लिन बाध्य भएको राजविराज ३ का मो. हैदरले सुनाए ।
सरकारले बिटौरी जग्गाको कारोबारमा लामो समयदेखी रोक लगाएपछि सन्तानको उच्च शिक्षा र गम्भिर बिरामी पर्दा खर्च जुटाउनुका साथै ब्यापार व्यवसाय गर्न समेत समस्या भएको तरकारी ब्यवसायी गोपाल महतोले सुनाए ।
राजविराज नगरपालिकाको बिटौरी जग्गा सम्बन्धी फाँटका प्रमुख मो. आलमले विगतमा बिटौरी रसिदकै आधारमा जग्गा रोक्का र फुकुवा कार्य हुँदै आएकोमा सरकारले बिटौरी जग्गाको खरीद बिक्रिमा रोक लगाएपछि समस्या भएको स्विकारे ।
नापी कार्यालय सप्तरीका प्रमुख शत्रुहन प्रसाद यादवले राजविराजको बिटौरी जग्गा बारे जग्गाधनीबाट निकै गुनासाहरु आइरहेपनि प्राविधिक कारणले समाधान गर्न नसकिएको बताए । उनले उक्त जग्गाहरुको आफूहरुसँग तथ्याङ्क आइनपुगेकाले समस्या भएको र समाधानका लागि पहल थालिसकेको जानकारी दिएका छन् ।
मालोपोत कार्यालय सप्तरीका प्रमुख रामनारायण शर्माले उक्त जग्गाबारे आफ्नो कार्यालयमा तथ्याङ्क नरहेको जानकारी दिए । उनले विगतमा नगरपालिकामा रहेको श्रेस्ताकै आधारमा जग्गाको रोक्का र फुकुवा गर्दै आएको तर हाल सरकारले नै रोक लगाएपछि समस्या भएको बताए ।
विटौरी जग्गा प्रत्येक चुनावमा उम्मेदवारहरुको चुनावी एजेण्डा बन्ने गरेको छ । तर, कार्यान्वयनमा आउन सकेको छैन् । स्थानय निर्वाचन तथा हालै सम्पन्न संसदीय निर्वाचनमा समेत विभिन्न राजनीतिक दल र तिनका उम्मेदवारले आ–आफ्नो प्रतिबद्धता पत्रमा उक्त समस्यालाई प्रमुख एजेण्डा बनाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ