News Category 2079/09/05
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
मधेश प्रदेशको समानुपातिक तर्फबाट नवनिर्वाचित प्रदेशसभा सदस्य किरणकुमारी साहले मधेश प्रदेशसमा सम्मानजनक सीट ल्याएको जसपाले प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने बताएकी छिन् ।
मंगलबार राजविराजमा मलेठस्थित सहिद स्मारक स्थलमा माल्यार्पण पश्चात् संचारकर्मीहरुसित कुरा गर्दै उनले अधुरा काम पुरा गर्न र जनताको आंकाक्षा पुरा गर्न जसपाले नै मधेश प्रदेश सरकारको नेतृत्व लिनु पर्नेमा जोड समेत दिइन् ।
सप्तरीको विकासका लागि नयाँ खाका तयार गरि अघि बढ्ने जनाउँदै कानुन व्यवसायी समेत रहेकी साह जनता समाजवादी पार्टी (जसपा) बाट पहिलो पल्ट मधेश प्रदेशको समानुपातिक सांसदमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी हुन् ।
जिल्लाका सबै जनप्रतिनिधि, बुद्धिजिवि र सरोकारवालासँग गहन छलफल चलाई तयार गरिने विकास निर्माणको खाका सार्वजनिक गर्ने र सोही अनुसार प्रदेश सरकारमार्फत कार्यान्वयनमा ल्याउने उनको प्रतिबद्धता थियो ।
जिल्लाको विभिन्न सडक स्तरोन्नती, शिक्षा, स्वास्थ्य, पर्यटनको विकास आफ्नो पहिलो प्राथमिकतामा पर्ने उनले बताइन् । जिल्लाको एकीकृक विकासका लागि सबै जनप्रतिनिधि एक भएर अघि बढ्न सके आफूले बनाउन लागेको खाकाले सार्थकता पाउने उनको विश्वास छ ।
राजविराज नगरपालिका क्षेत्रका ५ हजार भन्दा बढी परिवार वर्षौदेखी जग्गा रोक्का, फुकुवा र नक्सा पास नहुँदा समस्या परेका बेला बैंकमा धितो राखी ऋण नपाएर बिचल्लीमा परेको खबर बारे जिज्ञासा राख्दा उनले यो विषय र अवस्था निकै दुःखद भएको बताइन् । उनले यस बारे प्रदेशसभामा जोडदार रुपमा आवाज उठाएर छिटै समाधानको प्रयास गर्ने समेत जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ