News Category 2079/09/06
सहकारी बैंकको संचालकमा मण्डल निर्विरोध
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष तथा संचालक समितिमा दुई प्रदेशका गरि तीन जना निर्विरोध निर्वाचित भएका छन् ।
समितिको अध्यक्षमा के.बी.उप्रेती, संचालक समितिमा मधेश प्रदेशबाट विश्वनाथ मण्डल र गण्डकी प्रदेशबाट राम बहादुर जिसी निर्विरोध निर्वाचित भएका हुन् । तीनै जना दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
बैंकको १६ औ वार्षिक साधरणसभा अन्तरगत पुस ६ गतेका लागि तोकिएको उमेदवारी दर्ताका क्रममा अध्यक्ष उप्रेती र संचालक मण्डल र जिसिको पदमा एक उम्मेदवारी परेकोले उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
बैंकको आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका लागि अन्य पदमा एक भन्दा बढी उमेदवारी परेको छ ।
अध्यक्ष, सात प्रदेशबाट ७ जना सञ्चालक (२ जना महिला सहित), ३ जना महिला सञ्चालक र ४ जना खुल्ला सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको संयोजक, खुल्ला सदस्य र महिला सदस्यका लागि उमेदवारी आह्वान गरिएको थियो ।
निर्वाचन उपसमितिले पुस ७ गते ५ बजेसम्म फिर्ता लिन चाहनेहरुका लागि समय दिएको छ । उमेदवारी फिर्ताको समयसम्म धेरै पदमा सर्वसम्मत हुन सक्ने जनाइएको छ । सर्वसम्मत नभएका पदहरुमा पुस १६ गते निर्वाचन हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ