News Category 2079/09/07
नवनिर्वाचित प्रदेशसभा सदस्य साह पुरानै पेशामा समेत सक्रिय
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
कानूनी व्यवसाय क्षेत्र संगै विभिन्न सामाजिक संघ संस्थामा काम गरेर विभिन्न पद सम्हाल्दै आएकी नवनिर्वाचित प्रदेशसभा सदस्य अधिवक्ता किरण कुमारी साह अहिले पनि पुरानै पेशामा समेत सकृय छिन् ।
उनी हिंसामा परेका पीडित महिला र विपन्न समुदायका लागी अहिले पनि वकालत गरिरहेकी छिन् ।
विहीवार मात्र उनले हिंसामा परेकी राजविराज १ की सरस्वती दास र कंचनरुप नगरपालिका ११ की प्रमिला कुमारी लौगीको पक्षमा निःशुल्क वहश पैरवी गर्दा उनीहरुकै पक्षमा अदालतबाट फैसला आएको छ । सप्तरी जिल्ला अदालतबाट अंश, सम्बन्ध विच्छेद र मानाचामल लगायतका मुद्दामा ती महिलाहरुले न्याय पाएका हुन् ।
न्ययाधिश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलाशले ती दुबै महिलाको पक्षमा ठहर हुने गरि फैसला गरेको प्रदेशसभा सदस्य एवं अधिवक्ता साहले जानकारी दिइन् ।
यस अघि बुधवार पनि उनले वहस गरेको हिंसा पीडित दुई महिलाले अदालतबाट न्याय पाएका छन । उनले पछिल्लो पैmसलाले अदालतप्रति जनताको आस्था र विश्वास बढाउने काम गरेको प्रतिकृया दिइन ।
जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मधेश प्रदेशसभा सदस्यको समानुपातिक सिटमा निर्वाचित साह प्रदेश सदस्यको नयाँ जिम्मेवारी पाए पनि पीडित महिला र गरिब असहायको पक्षमा न्याय दिलाउन उत्तिकै सकृय रहने बताउँछिन ।
आफु कहाँ अहिले पनि दुई दर्जन भन्दा बढी घरेलु हिंसा पीडित महिलाहरुको मिसिल रहेको बताउँदै उनले प्राथमिक्ताका साथ ती मिसिल र मुद्दाहरुमाथी पीडितहरुको पक्षबाट वहस पैरवी गर्ने प्रतिबद्धता ब्यक्त गरिन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ