News Category 2079/09/09
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
राजविराज÷शरीर ढाक्ने न्यानो कपडा नहुँदा आगो ताप्दै चिसो छल्नु पर्ने बाध्यतामा रहेका शारीरिक रुपमा असक्त तथा उनका सन्तानलाई लायन्स क्लब पोखरा मेट्रो सिटीले न्यानो कपडा र झोलासहित शैक्षिक सामाग्रि बितरण गरेको छ ।
समावेशी अपाङ संघ सप्तरीको समन्वयमा शनिबार सप्तरी सदरमुकाम राजविराजमा एक कार्यक्रम गरि शारीरिक रुपमा असक्त तथा उनका सन्तानलाई न्यानो कपडा र स्कुल ब्यागसहित शैक्षिक सामाग्रि बितरण गरेको हो ।
लायन्स क्लब पोखरा मेट्रो सिटीका अध्यक्ष सरोज बाग्लेको अध्यक्षतामा आयोजित न्यानो कपडा बितरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ३२५ एल पोखराका डिस्ट्रिक्ट गर्भनर परमेश्वर बराल, लायन्स क्लब पोखरा मेट्रो सिटीका संस्थापक अध्यक्ष कमल पराजुली, जोन चेयरपर्सन उपेन्द्र अधिकारी, तितृय उपाध्यक्ष राजेश कुमार गुप्ता, बौद्धिक अपाङता महासंघका केन्द्रिय सदस्य जगदीश अर्याल लायन्स क्लब राजविराज सिटीका सचिव ललित झा लगायतले शारीरिक रुपमा असक्त २५ जनालाई प्रति व्यक्ति एक÷एक थान कम्बल, म्याट्रेस, सुइटर र झोला प्रदान गरेका छन् ।
यस्तै २५ जना बालबालिकालाई विद्यालय जान झोला तथा सुइटर, कान छोप्ने टोपी र शैक्षिक सामाग्रि बितरण गरिएको छ ।
लायन्स क्लबमा आवद्ध साथीहरुको सहयोग लिएर गरिब, असाहय तथा शारीरिक रुपमा असक्त परिवारलाई रातह बितरण गर्दै आएको र आउँदो दिनमा समेत यस्तो सेवामूलक कार्यलाई निरन्तरता दिने लायन्स क्लब पोखराका तितृय उपाध्यक्ष राजेश कुमार गुप्ताले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ