News Category 2079/09/09
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
राजविराज÷गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको सुधारका लागि नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुले सुधारका निम्ति बिरामी तथा उनका आफन्तबाट गुनासा र सुझाव संकलनका लागि सुझाव पेटिकासहितको साइन बोर्ड स्थापना गरेका छन् ।
जनमत पार्टीबाट सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचित डा. सीके राउत तथा सोही क्षेत्रको १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित क्रमशः सतिशकुमार सिंह र महेशप्रसाद यादवले शनिबार संयुक्त रुपमा गजेन्द्र नारायण सिंह अस्पताल हाताभित्र साइन बोर्ड र सुझाव पेटीका स्थापना गरेका हुन् ।
सुझाव पेटीकाको नाम “जन आवाज” राखिएको छ । कार्यव्यवस्थताका कारण सुझाव पेटीका स्थापनाको समयमा जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य डा. राउत अनुपस्थित रहेपनि प्रदेशसभा सदस्यद्वय सिंह र यादवले संयुक्त रुपमा सुझाव पेटीकासहितको साइन बोर्ड स्थापना गरेका छन् ।
सुझावका लागि स्थापना गरिएको उक्त साइन बोर्डमा “तपाईको उपचार यस अस्पतालमा हुन सकेन, के कारणले हुन सकेन ? सो बारे लेखेर अस्पतालको पूर्जाको फोटो कपीसहित सुझाव पेटीकामा खसाल्नुहोस् ।, हामी सुधारका लागि आवश्यक पहल गर्ने छौं ।” भनी लेखिएको छ ।
“बिरामी र उनका आफन्तबाट बेला बेलामा विभिन्न खाले गुनासाहरु आउन थालेपछि यसको उचित व्यवस्थापनका लागि नयाँ जुक्ति निकालेको प्रदेशसभा सदस्य सिंहले बताए । अब सुझाव पेटीका मार्फत प्राप्त हुने सुझावलाई अध्ययन गरि अस्पतालमा सुधारका लागि विशेष पहल गछौं, अर्का प्रदेशसभा सदस्य यादवले भने, “यसबाट अस्पतालको धेरै समस्या समाधान गर्न मद्दत मिल्ने विश्वास छ ।”
सुझाव पेटीका राखेको पहिलो दिननै आधार दर्जन भन्दा बढी बिरामी र उनका आफन्तले आ–आफ्ना गुनासा र सुझाव राखेको सो अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ