News Category 2079/09/10
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
उपचारको अभावमा एक दृष्टिबिहीन किशोरी विगत डेढ दशकदेखी घर मै वस्न बाध्य भएकी छिन् ।
जन्मदै दृष्टिबिहीन रहेकी राजविराज नगरपालिका १ की १५ वर्षिया सुनिता कुमारी रजक उपचार खर्चको अभावमा घर मै वस्न बाध्या भएकी हुन ।
एउटा पनि आँखा देख्न नसक्ने उनलाई बाहिर कसैले दुःख नदिउन भनेर सुरक्षाका लागी पनि घर भित्रै राख्ने गरेको बुवा सुला रजकले सुनाए । दैनिक मजदुरी गरेर गुजारा चलाउने सुला जन्मदै आखाँको ज्योती गुमाएकी छोरीको रकम अभावका कारण उपचार गराउन नसकिएको तथा सुरक्षाको दृष्टिकोणले घर मै राखिएको बताए ।
सुनिताकी बुवा सुलाले एक पटक राजविराजमा आयोजना गरिएको निःशुल्क आ स्ँखा उपचार शिविरमा जचाउँदा चिकित्सकले छोरीको दुबै आँखामा पानी नभएको र नशा सुकेकाले उपचार गर्न नसकिने भन्दै फर्काइदिएको सुनाए ।
६३ वर्षिय सुला नगर क्षेत्रमा सरसमान बोक्ने ठेला चलाएर ४ छोरी र श्रीमतीको पेट पाल्दै आएका छन् । दृष्टिविहीन रहेकी छोरी सबभन्दा कान्छी हुन् । ३ छोरीको आँखा राम्रा भएपनि सुनितको आँखा बिग्रनुलाई सबैले अचम्म मानेका छन् । गर्भवती समयमा औषधी सेवन गर्दा आमालाई कतै इन्फेक्सन भएर या जीनका कारणले चौथो बच्चा दृष्टिविहीन जन्मीएको हुन सक्ने आँखा रोग विशेषज्ञहरुको भनाई छ ।
यता सुनिताले एक पल्ट जन्म दिने आमा, बुवा र संसार देख्ने इच्छा रहेको बताउँदै छोरीको आँखाको ज्योती फर्काउने आर्थिक अभावले नसकेको बताउने बृद्ध पिता सुलाले सहयोगको याचना समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ