News Category 2079/09/12
८५ वर्ष माथिका पाँच जना बुद्धबृद्धा सम्मानित

दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
समाजिक क्षेत्रमा योगदान पु¥याएका ८५ वर्ष माथिका बृद्धबृद्धा सम्मानित भएका छन् ।
तेश्रो जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक संघ तथा पुर्व कर्मचारी सेवा परिषद सप्तरीले संयुक्तरुपमा सोमवार पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
समाजिक क्षेत्रमा योगदान गरी दिर्घ जीवन विताई रहेका राजविराज नगरपालिकाका ९० वर्षिय रघुलाल दास, लुखादेवी झा, ८९ वर्षिय जसकरण कुचेरिया, ८७ वर्षिय किसान महर्जन र ८६ वर्षिय राम नरेश सिंह सम्मानित भएका हुन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दोसल्ला र कदर पत्र प्रदान गरे । उर्जाशिल समय सन्तान र परिवारका लागी खर्चिने जेष्ठ नागरिक बृद्धावस्थामा उपेक्षाको शिकार हुने क्रम बढ्दै गएको सहभागीले गुनासो पोखे ।
ज्येष्ठ नागरिक संघ सप्तरीका कार्यवाहक अध्यक्ष शंकर शारदाको अध्यक्षता तथा प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा द्वारा संचालित कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी थापाका साथै पुर्व कर्मचारी सेवा परिषद सप्तरीका अध्यक्ष सुगम्बर यादव, सामुदायीक सेवा केन्द्रका अध्यक्ष हित नारायण लाल दास, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली, ब्राह्मण सेवा समितीका केन्द्रीय अध्यक्ष श्याम सुन्दर झा, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास लगायतले ज्येष्ठ नागरिकलाई सम्मान गर्न र उनीहरुको सहज जीवन यापनका लागी घर परिवार देखी समाज र राष्ट्रले उचित भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा हालै निधन भएका ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष शिवहरी प्रसाद भट्टराइ प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ