News Category 2079/09/12
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक र उनलाई सघाउने माइजु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीकी ५० वर्षिया फुुलिया देवी मुखीया र भारतको विहार राज्य मधुवनी जिला फुलपरास ग्राम पंचायतका २० वर्षिय धिरज कुमार मुखिया छन ।
पक्राउ परेका मध्ये फुलिया देवी माईजु र धिरज भान्जा नाताका रहेका छन् । भारतीय नागरिक धिरजलाई छोरा हो भन्दै विभिन्न किर्ते कागजात तयार गरी सप्तरीको बोदे बसाईन नगरपालिकास्थित इलाका प्रशासन कार्यालय पुगेका वेला सोमवार माईजु र भान्जा पक्राउ परेका हुन ।
भारतीय भान्जालाई छोरा हो भनी फुलिया देवीले झुठ्ठा विवरण र किर्ते कागजात पेश गरेपछि शंका लागेर चेक जाँच गर्दा सत्य खुलेको र दुबै जनालाई पक्राउ गरीएको डिएसपी नरेश कुमार सिहले बताए ।
दुबै जनालाई मंगलवार सप्तरी जिल्ला अदालतमा नागरिकता सम्बन्धि कसुरमा उपस्थित गराइएको र अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।
वडा कार्यालयदेखी प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पुरा गर्दै अधिकार प्राप्त अधिकारी सामु थरि थरिका प्रमाण पू¥याउनु पर्ने कानुनी प्रावधान छ । तर, वेला वेलामा झुठ्ठा विवरण, किर्ते कागजात त कतै मिलोमतोमै नागरिकता लिने दिने गरेको घट्ना सार्वजनिक हुने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ