News Category 2079/09/13
चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुरमा जलेर बृद्धको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
सप्तरीको बोदेबर्साइन नगरपालिका ४ सिलहटमा मंगलबार राती आगलागिमा परेर एक बृद्धाको मृत्यु भएको छ ।
पशू चौपायालाई चिसो र लामखुट्टेबाट जोगाउन गाइगोठमा बालिएको घुर सल्केर आगलागी हुदा ८० वर्षिय मुक्तिपाल राउतको जलेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनलाई जोगउन गएका २५ वर्षिय नाती धर्मदेव पाल सामान्य घाईते भएका छन् ।
आगलागीबाट उनको गाईगोठ जलेर पुर्णरुपमा जलेर नष्ट हुनुका साथै एउटा राँगा र एउटा भैसी समेत जलेर मरेका छन । सबै सुतिरहेका बेला राती १२ बजेर तीर आगलागी भएकाले मानवीय क्षती समेत हुन पुगेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक बलिष्टर सिहले जानकारी दिए ।
चिसो र लामखुट्टेबाट पशु चौपायालाई जोगाउन गाईगोठमा घुर बालेर नजिकै खाटमा सुतेका बृद्ध राउत तीव्र गतीमा आगो फैलिएकाले समय मै भाग्न नसकेको अनुमान गरिएको छ ।
प्रहरी र स्थानीयको प्रयासमा दुई घण्टा पश्चात् आगोमाथी नियन्त्रण कायम गरिएपछि २ वटा भैसी समेत घाईते अवस्थामा फेला परेको स्थानीयवासी सत्यनारायण यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ