News Category 2079/09/14
सरकारमा सामेल बारे अन्तिम निर्णय आगामी बैठकबाट हुने ः मण्डल

दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीति समिती सदस्य अमरनाथ मण्डलले वर्तमान सरकारमा सामेल हुने÷नहुनेबारे अन्तिम टुंगो आगामी बैठकबाट मात्र लगाइने बताएका छन् ।
विहीवार राजविराजमा संचारकर्मीहरुसित कुरा गर्दै उनले बर्तमान सरकालाई सर्मथन दिएपनि सहभागिताबारे अहिले कुनै निर्णय नभएको बताए । उनले भने, आगामी पुष १८ र १९ गते काठमाडांैमा वस्ने पार्टीको राजनीति समितीको बैठकबाट मात्र सो बारे अन्तिम निर्णय लिइने जानकारी दिए ।
वर्तमान मन्त्रीमण्डलमा शक्ती सन्तुलनको आधारमा जसपाले सम्मानजक स्थान पाउनु पर्नेमा जोड दिएका उनले सरकारको नेतृत्व पंक्तीले सर्मथन गरेका दलहरुको एजेन्डा समेटेर साझा अवधारणा पत्र ल्याउनु पर्ने र जसपाले उठाउँदै आएको माग र मुदा त्यसमा प्राथमिक्ताका साथ समेटिनु पर्ने बताए । जसपा मधेश प्रदेशको प्रचार प्रसार विभाग प्रमुख समेत रहेका उनले पार्टीको केही जिल्लामा नेतृत्व परिवर्तन हुन सक्ने संकेत पनि गरे ।
उनले पार्टी संगठन सृदृढिकरणका लागी केही जिल्लामा नेतृत्व परिर्वतन लगायत अन्य के कस्ता रणनीतीहरु ल्याउनु पर्छ भन्ने सवालमा आफ्नो पुर्ण सर्मथन रहने भनी जसपा अध्यक्ष यादवले पनि स्पष्ट दिशा निर्देश गरिसकेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ