News Category 2079/09/14
अत्याधुनिक ओसिटी तथा मायोपिया मेशिनबाट आँखाको उपचार शुरु
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सगरमाथा आँखा अस्पताल प्रा.लि.ले आधुनिक ओसिटि (अप्टिकलको हरेन्सटोपोग्राफी) मेशिनबाट आँखाको उपचार बिधी सुरु गरेको छ ।
अस्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा.आशिषराज पन्तद्वारा जारि विज्ञप्तिमा आँखाको भित्रि भागको स्क्यान गरि पूर्णकालिन रुपमा उपचार गर्ने बिधीको सुरुवात गरिएको उल्लेख छ ।
अत्याधुनिक ओसिटिमेशिन बाट आँखाको एन्टेरियर तथा पोष्टेरियर भागको परीक्षण स्क्यान कार्य सफलतापूर्वक सम्पन्न भई पूर्णरुपमा उपचारमा ल्याइएको उनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
अस्पतालका अनुसार सप्तरी जिल्लामा यो मेशिन पहिलो पटक सगरमाथा आँखा अस्पतालमा जडान गरिएको दाबी गरिएको छ ।
यस बिधीले आँखामा ग्लुकोमा, कोनिर्या तथा रेटिनाको विरामीको समस्या पत्ता लगाउन ओसिटि मेशिनबाट स्क्यान गरी रोगको बारे पहिचान गर्न मद्दत पुर्याउँछ ।
डा. पन्तका अनुसार वर्तमान समयमा हामी मोबाईल, टिभि, ल्यापटपलगायतका डिजिटल सामग्रीसंग जतिघनिष्ट सम्बन्ध बनाउँदै जान्छौ त्यति नै आँखामा समस्या आउने हुन्छ । जसले गर्दा विरामीको नजिक तथा टाढाको वस्तु हेर्न समस्या आउनजान्छ । जसलाई मायोपिया भन्ने गरिन्छ ।
पूर्णरुपमा मेशिन सञ्चालनमा आएसंगै अब अस्पतालबाट सेवा लिन आउने विरामीलाई बाहिर जानु पर्ने बाध्यता समेत हटेको छ भने अन्य जिल्लाका बिरामीले समेत सजिलै सर्वसुलभ दरमा सेवा लिन सक्ने अस्पतालका प्रबन्धक अफाक अनवरले बताए ।
आउँदो केही वर्षमा यस्ता विरामीको संख्या संसारमै दोब्बर हुने अनुमान विभिन्न आँखाको रिसर्चले देखाएको छ । मायोपिया अवस्थालाई समयमै पत्ता लगाई यसको निदानका लागि हालसम्म कै अत्याधुनिक मेशिन मायोपिया प्रोगेसिभ हैन्डविथ पैचिमेट्री पनि अस्पतालले ओसिटि सँग सँगै जडान गरेको छ ।
यसको प्रयोगबाट राजविराज आसपासका विरामी विशेषगरी बालिवालिकाको आँखामा देखापर्ने यस्ता रोग समयमै पत्ता लगाई उपचार गर्न सकिन्छ ।
यसरी स्थापनाको केही महिनामै अस्पतालले विरामीका लागि विभिन्न खाले अत्याधुनिक मेशिन जडान गरी सहुलियत दरमा गुणस्तरीय सेवा प्रवाह गर्नु सप्तरीवासीको लागि हर्षको कुरा हो । अहिले अस्पतालले दैनिक सरदर एक सयभन्दा वढी विरामीको आँखा परीक्षण गर्न सफल भएको छ । यस्तै अस्पतालले छिटै आँखाको नानीको प्रत्यारोपण सेवा समेत सुचारु गर्ने तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ