News Category 2079/09/22
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
केही दिनदेखी शितलहर चलेपछि जनजीवन कष्टकर बन्दा शुक्रबार सप्तरीमा एक जनाले ज्यान गुमाउनु परेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षिय राजु भनिने राजकुमार सदाको चिसोले कठयांग्रीएर ज्यान गएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिएका छन् । राति खाना खाएर सुतेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए ।
अति विपन्न परिवारका उनी खुल्ला ठाउँमा रहेका एलानी जग्गामा फुसको झुप्रोमा ६ सन्तान सहित बसोवास गर्दै आएका थिए । दुई वर्ष अघि उनको श्रीमतीको रोग लागेर मृत्यु भएको थियो । दुई वर्षको अन्तरालमा बुवा पनि गुमाउँदा पुग्ला सदाको तीन नावालक छोरा र तीन छोरीको बिचल्ली भएको छ ।
यता बिहानैदेखी बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ । शितलहर बढेपछि सार्वजनिक स्थलमा दाउरा बालेर आगो ताप्नेक्रम पनि बढेको छ ।
दिउँसो भन्दा विहान र बेलुका धैरै चिसो महशुस हुने गरेको छ । विहानैदेखी चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चलहपहल निकै घटेको छ । अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा, रुघाखोकीका विरामीको चाप समेत बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
चिसोबाट विशेष गरी अतिविपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भईरहेका छन । शरीर ढाक्ने पर्याप्त न्यानो लुगा नरहेको तथा अर्काेतिर अत्याधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न उनीहरुलाई समस्या भएको छ ।
चिसो कै कारण क्षति नहोस भन्ने उद्देश्यले क्षती न्युनिकरण गर्न आवश्यक उपायका लागी जिल्लाका सबै स्थानीयतह सँगको समन्वय गरि स्थानीय प्रशासनले दाउरा बाल्ने जोहो गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ