News Category 2079/09/23
नेपाल सहकारीले प्रभावकारी सेवाका लागि बेवसाइट निर्माणदेखी तथ्याङ्क प्रविष्ट गर्ने काम थाल्यो
राजविराज÷नेपाल सहकारी संस्था लिमिटेड राजविराजले शनिबार २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष शत्रुध्न प्रसाद गुप्ताले संघीय सरकारले सुरु गरेको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली कोपोमिसबाट सहकारीको तथ्याङ्क संकलन गर्ने सिलसिलामा संस्थाले पनि सो प्रणालीमा आवद्ध भई तथ्याङ्क प्रविष्ट गर्ने काम सूचारु गरेको जानकारी दिएका छन् ।
अध्यक्ष गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै कारोबारलाई छिटो तथा पारदर्शिताका साथ सेवा दिन कास सफ्टवेयर जडान गरेको तथा अझ प्रभावकारी सेवाका लागि चालु आ.ब.मा बेवसाइट निर्माण गर्न लागेको बताएका छन् ।
प्रतिवेदनमा गत आ.ब. २०७८÷७९ मा ३१ करोड ३६ लाख ५ हजार ६ सय शेयर पुँजी रहेको उल्लेख छ । त्यस्तै सोही आ.ब. मा ३६ करोड ८१ लाख १ हजार १२ रुँपैया ऋण लगानी, बचत निक्षेप २८ करोड ५३ लाख ९१ हजार ६ सय ७ रुँपैया ८ पैसा तथा संचालन नाफा १ करोड १४ लाख ४९ हजार ५ सय ८४ रुँपैया ३८ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका अध्यक्ष गुप्ताको अध्यक्षताम सम्पन्न सभामा संचालक समितिका सुरेन्द्र प्रसाद गुप्ता, मनोहर कुमार पोखरेल, राजकुमार यादव, रन्धिर कुमार कर्ण लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन ब्यवस्थापक शंकर प्रसाद साहले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ