News Category 2079/09/23
कृषि क्षेत्रलाई उच्च प्राथमिकता ः प्रदेशसभा सदस्य यादव
राजविराज÷प्रदेश सभा सदस्य महेश प्रसाद यादवले कृषि, पशुपंछी तथा मत्स्य क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिएका छन् ।
शनिवार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित ओम सृजन सहकार संस्था लि. को दोश्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मधेश प्रदेशको जनमत पार्टीका संसदीय दलका नेता समेत रहेका उनले रोजगार सृजना गर्नका लागि पनि स्वदेशमा रहेका तथा विदेशबाट फर्किएका युवाहरुको कृषि सम्बन्धि अनुभव, ज्ञान र सिपलाई कृषि क्षेत्रमा प्रयोग गरी गुणस्तरीय उत्पादन बढाउनुपर्नेमा जोड दिए ।
कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण आवश्यक रहेको बताएका उनले यसका लागि आफुहरुले कृषि क्षेत्रमा उच्च प्राथमिक्तामा राखेर काम गर्ने प्रतिबद्धता समेत जनाए । प्रदेश सभा सदस्य सतिश कुमार सिंहले छोटो अवधिमै लोकप्रियता कमाउन सफल भएको ओम सृजन सहकारी संस्था लि. लाई आफ्नो कारोवार क्षेत्रलाई बढाउँदै दही उत्पादन उद्योग संचालनमा ल्याउन सुझाव पनि दिए ।
संस्थाका अध्यक्ष सम्वोध कुमार झाको अध्यक्षतामा आयोजित साधारण सभा उद्घाटन समारोहमा उपाध्यक्ष मुकेश यादवले स्वागत तथा सचिव बब्लु कुमार मिश्रले संस्थाको आयव्यय प्रतिबेदन पेश गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य द्वय यादव र सिंहका साथै संचारकर्मी मनोज कुमार माझी, परिस कर्ण, समाजसेवी रामगमण साह लगायतलाई आयोजक संस्थाले मिथिला पाग र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम संचालन पंकज झाले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ