News Category 2079/09/24
मेलमिलाप सम्बन्धि तालिम शुरु
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको महादेवा गाउँपालिकाको न्यायीक समितिको आयोजनामा वडा १ पकरीमा आइतबारदेखी सामुदायिक मेलमिलाप सम्बन्धि ८ दिने तालिम सुरु भएको छ ।
गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादवले तालिमको उद्घाटन गर्दै उनले तालिममा सहभागीलाई आ–आप्mनो वडामा तालिमबाट सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गरिन् ।
गापाका प्रमुख प्रशासकिय अधिकृत दिलिप कुमार यादवले तालिमबाट सिकेर जाने सहभागीहरुले नयायीक समितिले सम्पादन गर्ने कामहरुको गहन रुपमा बुझेर जान सहभागीहरुसगं आग्रह गरे ।
त्यस्तै अधिवक्ता केशव प्रसाद दासले न्यायीक समितिमा परेको उजुरीको आधारमा मेल मिलाप गर्ने वारे कानुनमा भएको कानुनी प्रकृयाको वारेमा जानकारी लिन आग्रह गरे ।
कार्यक्रममा वडाध्यक्ष गजेन्द्र मण्डल, उपेन्द्र गोईत, उपेन्द्र प्रसाद मण्डललगायत तालिमको सफलताको कामना व्यक्त गरे । लोसपाका युवा नेता सुरेन्द्र प्रसाद यादव, वडाध्यक्ष जागेश्वर ईसर, रामकुमार यादव, जयश्वर किशोर दास, जुगेश्वर साह, हरिनारायण यादव, कमल प्रसेला, मुकेश संत, पत्रकार देवराम यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ